Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५७:३८ बिहान
- ADVERTISEMENT -

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सहयोगार्थ खेलाडीद्वारा उद्घाटन

प्रकाशित मिति: २०७६ माघ २०, सोमबार

1153
Shares
>Ldbefujt dxfk'/f0f dxf]T;j z'ef/De uf}tda'4 cGt/f{li6«o lqms]6 /+uzfnf lgdf{0f ;xof]ufy{sf] nflu e/tk'/ dxfgu/kflnsf–!% df cfof]hgf ul/Psf] >Ldbefujt dxfk'/f0f Pj+ wgwfGofrn dxf]T;jsf] pb3f6g ul/Fb} . tl:a/ M gf/fo0f clwsf/L÷/f;;

चितवन, २० माघ २०७६ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग जुटाउन आजदेखि शुरु श्रीमद्भागवत महापुराण एवं धनधान्याञ्चल महोत्सवको २२ बिधाका राष्ट्रिय खेलाडीहरुद्वारा उद्घाटन सम्पन्न भएको छ ।  उनीहरुले रिमोटबाट पर्दा हटाएर औपचारिक रुपमा महायज्ञको शुभारम्भगर्नु भएको थियो ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा रङ्गशाला निर्माणाधीन स्थलमा माघ २६ गतेसम्म आयोजना हुने महायज्ञको शुभारम्भ समारोहमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रमुख बाचक पण्डीत दिनबन्धु पोख्रेलसहित जिल्लाका राजनीतिक दलका प्रमुख, सङ्घीय र प्रदेशसभा सदस्य, एवं जनप्रतिनिधिले दीप प्रज्ज्वलन गरी महायज्ञको शुभारम्भसँगै सफलताको कामना गर्नु भयो ।

>Ldb\efujt dxfk’/f0f dxf]T;j z’ef/De sfo{qmd lrtjg, !( df3M e/tk’/ dxfgu/kflnsfsf] uf}tda’4 cGt/f{li6«o lqms]6 /+uzfnf lgdf{0f ;xof]ufy{sf] nflu cfof]hgf ul/Psf] >Ldb\efujt dxfk’/f0f Pj+ wgwfGofrn dxf]T;j z’ef/De sfo{qmddf ;xefuLx? . tl:a/ M gf/fo0f clwsf/L÷ /f;;

प्रमुख बाचक पोख्रेल, हास्यकलाकार श्रेष्ठ, आचार्य, धुर्मुससुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल, राष्ट्रिय खेलाडी दीपक बिष्ट, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, भिक्षु  मेत्तेय, सङ्घीय सांसद कृष्णभक्त पोख्रेल, राष्ट्रियसभा सदस्य दिलकुमारी रावल, प्रदेशसभा सदस्य कृष्ण भूर्तेल, बलराम पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीलगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

महायज्ञ उद्घाटन समारोहमा प्रमुख बाचक पोख्रेलले महायज्ञभर निःशुल्क बाचन गर्दै रु एक लाख ११ हजार १११ सहयोग गर्ने घोषणा गरे । उनको घोषणासँगै रङ्गशाला निर्माणका लागि विभिन्न व्यक्तिले आर्थिक सहयोगको घोषणा गरेको महायज्ञ मूल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो ।

महायज्ञ उद्घाटन हुनुपूर्व भरतपुर महानगरपालिकाका २९ वडाबाट विभिन्न झाँकीसहित शोभायात्रा निकालिएको थियो । विभिन्न टोल सुधार संस्था, आमा समुहहरु, विभिन्न जातजातिका संस्कृति झल्कने शोभायात्रासहित ठूलो समूह रङ्गशाला निर्माणस्थलको महायज्ञ परिसर पुगेका थिए । धुर्मुससुन्तली फाउण्डेशनको अगुवाईमा रङ्गशाला निर्माण हुन लागेको हो । रङ्गशाला निर्माणका लागि रु दुई अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -