Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
९:४२:४६ बिहान
- ADVERTISEMENT -

भ्रष्टाचारविरुद्ध योगदानका निम्ति पत्रकार हरि बहादुर थापलाई ‘गोगो फाउण्डेसन अवार्ड’

प्रकाशित मिति: २०७५ साउन २६, शनिबार

3402
Shares

काठमाडौँ, २६ साउन २०७५ । भ्रष्टाचारविरुद्ध लामो समयदेखि कलम चालाउँदै आएका अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापालाई यस वर्षको ‘गोगो फाउण्डेसन अवार्ड’ बाट सम्मानित गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘गोगो फाउण्डेसन अवार्ड’ बाट थापालाई सम्मान गरे ।

अवार्डबाट सम्मानित हुने थापा तेस्रो व्यक्ति हुन । यो अवार्ड पहिलो पटक डा भगवना कोइराला र दोस्रो पटक कुलमान घिसिङले प्राप्त गरेका थिए । पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरहीको संयोजकत्वमा रहेको छनौट समितिले थापालई अवार्ड दिने निर्णय गरेको कार्यक्रममा गोगो फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले बताए । समितिमा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की, गोगो फाउण्डेसन अध्यक्ष अनिता विन्दु र कार्यकारी निर्देशक केदार खड्का सदस्य रहेका थिए ।

काभ्रेमा जन्मिएका हरि बहादुर थापा अहिले मूलधारको पत्रकारितामा स्थापित पत्रकार हुन् । पत्रकारिताका माध्यमबाट असल शासन प्रवद्र्धनका लागि भ्रष्टाचाविरुद्धको अभियानमा मनग्गे योगदान गर्न सफल उनी युवा पत्रकारका लागि अनुकरणीय पात्र बनेकाछन् । पत्रकारितामा स्नातकोत्तर गरेका थापाले ऐतिहासिक २०४६ सालको जनआन्दोलनकै हाराहारिमा देशान्तर साप्ताहिकबाट पत्रकारिता शुरु गरेका हुन् । साथै सुरुची साप्ताहिक हुँदै २०४९ बाट प्रकाशन सुरु भएको कान्तिपुर दैनिकको सहायक सम्पादक तथा रिपोर्टरबाट सेवा प्रवेश गरेका उनी अहिले सोही दैनिकको सम्पादकको जिम्मेवारी सम्हालेका छन् ।

नियमित रुपमा भ्रष्टाचारविरुद्ध अनुसन्धानमूलक समाचार प्रकासन गर्नुका साथै अन्र्तवार्ता, लेखरचना तथा पुस्तक प्रकासनका माध्यमबाट आफ्नो व्यवसायिक छविलाई गर्विलो बनाउन उनी सफल हुँदै आएका छन् । उनका हालसम्म “भ्रष्टाचारको शल्यकृया, एनोटोमी आफ करपप्सन, विदेशी सहायताका बिसंगती, पत्रकारको आँखामा भ्रष्टाचार, राजनीतिक दाउपेच भित्र कर्मचारीतन्त्र, दलीय द्वन्द्व तथा रजगज” जस्ता ७ वटा गहकिला पुस्तक प्रकाशन गरेर मुलुकलाई गुण लगाएकाछन् । भ्रष्टाचारको अभियानमा लाग्ने अभियन्ताकालागि खदिलो अनुसन्धानमूलक स्रोत उपलब्ध गराएका छन् ।

साथै वार्षिक रुपमा प्रकाशित हुने ग्लोबल इन्टीग्रीटीसम्बन्धी प्रतिवेदनका लागि २०६२, २०६३ र २०६४ मा नेपालको तर्फबाट श्रोत व्यक्तिका रुपमा काम गरेकाछन् । त्यसैगरी सुशासन वर्षपुस्तकको संयोजन गर्नुका साथै विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रममा स्रोत व्यक्तिका रुपमा आफ्नो ज्ञान र सीपलाई बाँड्दै आएकाछन् ।

त्यसैगरी उनले भ्रष्टाचारविरुद्धको अभियानमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाबाट पुरस्कृत भएकाछन् । साथै २०६१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको योगदानको कदर गरेर सम्मान गरेको थियो । हालसम्म उनले १८ वटा भन्दा बढी मुलुकहरुको भ्रमण गरी पेशागत अनुभव संगालेकाछन् । उनले संसदीय पत्रकार समाजको अध्यक्षको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरेकाछन् । साथै पत्रकार महासंघ कान्तिपुर शाखाको अध्यक्ष हुनुका साथै पत्रकार महासंघको महाधिवेशन प्रतिनिधिको जिम्मेवारी समेत सम्हाली सकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -