गोरखा पाँचकोट तमु समाज काठमाडौंले “खुल्ला राष्ट्रिय लोक दोहोरी प्रतियोगिता” को आयोजना
गोरखा, २०७६ साल माघ १८ गते शुक्रबार । गोरखा पाँचकोट तमु समाज काठमाडौंको आयोजनामा खुल्ला राष्ट्रिय लोक दोहोरी प्रतियोगिता २०७६ को आयोजना गर्ने भएको छ ।
“रोधी गुरुङहरुको सान, लोक संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथमा यहि फागुन २० गतेदेखि २४ गतेसम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
उक्त राष्ट्रिय लोक दोहोरी प्रतियोगिता २०७६ मा प्रथम स्थान हासिल गर्ने प्रतियोगीले एक लाख नगदराशी सहित प्रमाणपत्रले सम्मानित गरिनेछ ।
त्यसैगरी, दोस्रो स्थान हासिल गर्ने प्रतियोगीले पचहत्तर हजार नगदराशी सहित प्रमाणपत्रले सम्मानित गरिनेछ ।
त्यसैगरी, तेस्रो स्थान हासिल गर्ने प्रतियोगीले पचास हजार नगदराशी सहित प्रमाणपत्रले सम्मानित गरिनेछ ।
त्यसैगरी, सान्त्वना पुरस्कार अन्तर्गत पच्चीस हजार नगदराशी सहित प्रमाणपत्रले सम्मानित गरिनेछ । साथै, उत्कृष्ट गायक र गायिकालाई दस हजार नगदराशी सहित सम्मानित गरिने कार्यक्रम संयोजक सागर गुरुङले जानकारी दिनुभयो ।
टिम दर्ता पाँचकोट तमु समाजको कार्यालय नयाँ बसपार्क, काठमाडौमा फागुन १८ गतेसम्म गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।








































