Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:०६ बिहान
- ADVERTISEMENT -

नेकपा को केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज १५ समूहले राजनीतिक प्रतिवेदनमा छलफल

प्रकाशित मिति: २०७६ माघ १६, बिहीबार

700
Shares

काठमाडौं, माघ १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज १५ समूहले राजनीतिक प्रतिवेदनमा छलफल अघि बढाएका छन ।

बुधबारदेखि सुरु भएको बैठकको दोस्रो दिन विहीबार आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदनमा १५ समुह बिभाजन गरी छलफल अघि बढाइएको हो ।

छलफललाई सहज बनाउन केन्द्रीय सदस्यहरुलाई विभिन्न १५ वटा समूहमा विभाजन गरिएको छ । नेकपा केन्द्रीय कार्यलय सचिव इश्वरी रिजालका अनुसार समुह एकदेखि ८ नम्बरसम्मलाई राष्ट्रियसभा गृहमा छलफलको लागि व्यवस्था गरिएको छ ।

यसैगरी ९ देखि ११ नम्वर समूहले पार्टी कार्यालय पेरिसडाँडा तोकिएको छ भने १२ देखि १५ नम्वर समूहलाई पार्टी कार्यालय धुम्बाहारहीमा बसेर छलफल गर्ने स्थान तय गरिएको छ । सवै समुहले आफ्नो छलफल अघि बढाइसकेका छन । १५ वटै समूहमा सचिवालयका सदस्यहरुले भने भाग लिनुभएको छैन । सचिवालयमा पारित गरी प्रतिवेदन अध्यक्षद्वयको तर्फबाट प्रस्तुत भएकोले सचिवालय सदस्यहरुले भाग नलिनुभएको हो । पहिलो पटक पार्टी एकताको अनुमोदन गर्न बसेपछि नेकपाको केन्द्रीय कमिटी बैठक यो पहिलो हो ।

बैठकमा सातै प्रदेशका संयोजकले आ–आफ्नो प्रदेश कमिटीको सांगाठानिक प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची तय भएको छ । बैठकमा तय भएको नौ बुँदे कार्यविधि अनुसार एक केन्द्रीय सदस्यले विचार राख्नका लागि १० मिनेटको समय पाउनेछन । बैठकमा १७ र १८ गते समूहको लिखित प्रतिवेदन प्रस्तुत, १९ गते निष्कर्षसहित प्रतिवेदन प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यक्रम रहेको छ । यस्तै माघ १९ गते नै समसामयिक प्रस्ताव छलफल हुने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -