काठमाडौँ, १३ माघ २०७६ । प्रथम नेपाल आईडल बुद्ध लामाले सोनाम ल्होछारको अबसरमा कतारमा बेजोड प्रस्तुति दिएका छन ।
नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा २८५६ औ सोनाम ल्होछार ( नयाँ बर्ष) (नम्युङ)ल्हो मुसा वर्ग बृहत् साँस्कृतिक कार्यक्रममा आईडल लामाको प्रस्तुतिले माहोल तातिएको थियो ।
“राष्ट्रिय पर्व सोनाम ल्होछार घर घरमा मनाँउ संस्कार संस्कृतिको संरक्षण एवं प्रबर्द्धनगरौ” भन्ने मुल नाराको साथमा गत २४ जनवरी शुक्रबारको दिन कतारको मिसाइद स्थित अम्वाज क्याम्पमा भएको कार्यक्रममा आईडल लामासहित चर्चित सेलो गायक तथा संगितकार सञ्जित वाईबा, बरिष्ठ म्हेन्दोमाया गायक राम गोम्ज, चर्चित सेलो गायिका अञ्जु लामा र स्थानिय कलाकारको बेजोड प्रस्तुतिका रहेको थियो ।
प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष शिव भुजेलले कार्यक्रममा मन्तव्य राख्नु हुदै प्रमुख अथिति शिव भुजेलले तामाङ समाज कतारले प्रवासी भुमी कतारमा रहेरपनि आफ्नो मौलिक सस्कार सस्कृति, रितिरिवाज परम्परालाई जिवन्त राख्न गरिएको कार्यक्रम अत्यन्तै सह्रानिय रहेको बताउनु भयो ।








































