Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:३५ बिहान
- ADVERTISEMENT -

कोरोना भाइरसको उच्च जोखिममा नेपाल, ‘रुघाखोकी लागे तुरुन्त अस्पताल आउनुस्’

प्रकाशित मिति: २०७६ माघ ११, शनिबार

754
Shares

काठमाडौँ, ११ माघ २०७६ । चीनमा प्राणघातक बन्दै गएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिन थालेपछि नेपालमा देखा पर्न सक्ने सम्भावना बढेको छ । नेपालको उत्तरी छिमेकी देश चीनबाट मानिसहरु आवतजावत भइरहने हुँदा नेपालमा पनि सो भाइरसको संक्रमणको सम्भावना देखिएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

‘कोरोना भाइरसको जोखिम नेपालमा पनि धेरै नै छ । यसको नियन्त्रणका लागि हामीले काम गरिरहेका छौं ।’ महाशाखाका हेमन्तचन्द्र ओझाले भने ।  नेपालमा कोरोना लागे नलागेको परीक्षण गर्ने उपकरण नै नभएको चिकित्सकहरुको भनाइ छ । नयाँ खालको भाइरस भएका कारण पहिचानमा समस्या हुने चिकित्सकको भनाइ छ ।

ओझाका अनुसार यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा कोरोना भाइरसको आशंका गरिएका ती युवाको ओरोफ्यान्जिय स्वाब (मुखबाट लिइने) स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको थियो । गत पुस २९ गते चीनबाट स्वदेश फर्किएका ३२ वर्षीय नेपाली युवालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा शुक्राराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

अध्ययनका लागि चीन रहेका ३२ वर्षीया ती नेपाली युवा कोरोना भाइरसको संक्रमण फैलिएको चीनकोे वुहान राज्यबाट विदामा स्वदेश फर्किएका थिए ।

यस भाइरसका कारण शुक्रबारसम्म चीनमा २५ जनाले ज्यान गुमाएका छन् भने ६ सयभन्दा बढी मानिसमा संक्रमण देखिएको छ । संक्रमण हुने क्रम बढ्दो छ । विश्वव्यापी रुपमा फैलन थालेको यो भाइरस यो वर्ष सर्वप्रथम चीनको वुहान शहरमा देखिएको हो । वुहानमा घुमफिर गर्ने क्रममा यो भाइरसको संक्रमण बढेको पाइएको चिनिया सञ्चारमाध्यमले जनाएका छन् ।

सुरुआतमा जनावरबाट मानिसमा सरेको उक्त भाइरस अहिले भने मानिसबाट मानिसमा सर्न थालेको छ । जसका कारण चीनमा संक्रमितको उपचार गरिरहेका १५ स्वास्थ्यकर्मी समेत बिरामी परेका छन् । अमेरिकामा पनि कोरोना भाइरस फेला परेको पुष्टि भएको छ । द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

नेपालमा चिनियाँ पर्यटकहरुको चहलपहल बढी हुने भएकाले संक्रमणको जोखिम बढी रहेको छ । कोरोना भाइरसले आक्रमण गरेमा अत्यधिक ज्वरो आउने, रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा अत्यधिक समस्या आउने गर्छ । यसबाट बच्नका लागि धेरै भिडभाड भएको स्थानमा नाकमुख छोपेर हिड्न महाशाखाले आग्रह गरेको छ ।  यसैगरी कोरोना भाइरस लागेका देशहरुबाट नेपाल आउने मानिसहरुमा त्यस्तो लक्षण देखिएमा तत्काल अस्पतालमा सम्पर्क गर्न पनि महाशाखाले आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -