काठ्माण्डौ, १० माघ २०७६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युवा नेता प्रदीप पौडेलले जघन्य आरोप अदालतमा दर्ज भएका व्यक्तिलाई सभामुखमा निर्विरोध किन स्विकार गरेको भन्दै पार्टी नेतृत्व समक्ष प्रश्न उठाएका छन ।
सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता पौडेलाले लोकतन्त्र विजय हुने शर्तमा कांग्रेसले पराजय समेत स्विकार गरेको बिगत समेत स्मरण गराएका छन । पौडेलले कांग्रेसको इतिहास सम्झिदै नेपाली कांग्रेस पराजयसङ्ग डराउने पार्टी नभएको समेत उल्लेख गरेका छन ।
सभामुखको निर्बाचनमा आफ्नो उपस्थितिपनि नदेखाइ,जघन्य आरोप अदालतमा दर्ज भएका व्यक्तिलाई सभामुखमा निर्विरोध स्विकार्दा भविष्यको पुस्ता आफ्ना अग्रजको कदमप्रती निरुत्तर हुने नेता पौडेलको तर्क छ ।
हाम्रो इतिहास भन्छ – पराजयसंघ डराउने पार्टी नेपाली कांग्रेस होइन । लोकतन्त्र विजय हुने शर्तमा कांग्रेसले पराजय समेत स्विकार गरेको छ । तर, आफ्नो उपस्थितिपनि नदेखाइ, जघन्य आरोप अदालतमा दर्ज भएका व्यक्तिलाई सभामुखमा निर्विरोध स्विकार्दा भविष्यको पुस्ता आफ्ना अग्रजको कदमप्रती निरुत्तर हुनेछ, उहा लेख्नुहुन्छ ।
नेकपाको तर्फबाट सभामुख उम्मेद्वार बनाइएका सभामुखमा एक्लो उम्मेद्धवार अग्नि प्रसाद सापकोटाको उम्मेद्वारी प्रती इन्सेक लगायत मानबाधिकार संघ संघठन तथा नागरिक समाजले समेत चर्को बिरोध जनाइरहेका छन ।








































