Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३७:१२ बिहान
- ADVERTISEMENT -

बिहेको निम्तो कार्ड छपाईमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य

प्रकाशित मिति: २०७६ माघ ४, शनिबार

1013
Shares

सल्यान, ४ माघ २०७६ । सल्यानका छापाखानाका संचालकहरूले बालबिवाहलाई कम गराउन सामुहिक प्रयास थालेका छन् । बिवाहमा छापिने कार्डमा २० बर्षभन्दा कम उमेर भएमा कार्ड छपाइ रोक्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले बिहेको निम्तो कार्ड छपाईमा जन्म दर्ताको कागज अनिवार्य माग्ने प्रतिबद्धता जनाएका हुन् ।

बाल विवाह रोक्न प्रहरीले थालेको अभियानमा यहाँ रहेका छापाखाना तथा अफसेट प्रेस सञ्चालकले सहयोग पु-याउन निम्तो कार्ड छपाईमा जन्म दर्ताको कागज अनिवार्य बनाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानमा भेला भएका प्रेस तथा छापाखानाका सञ्चालकले कार्ड छपाईमा जन्म दर्ता अनिवार्य गर्ने प्रतिवद्धता गरेका हुन् ।

‘बाल विवाह समाजिक रुपमा अपराध भएकाले यसको अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट योगदान आवश्यक छ’ शारदा नगरपालिका–२ खलंगामा रहेको गीता अफसेट प्रेसका सञ्चालक प्रकाशसिह थापाले वताउनुभयो । उहाका अनुसार बिहेमा निम्तो कार्ड बाँड्ने चलन छ । प्रेसमा छपाईका लागि बरबधुको तर्फवाट कार्ड छपाई हुने गरेको छ । यदि केटा केटीको उमेर २० वर्ष मुनी भए कार्ड छापिने छैन ।

उमेर नपुग्दै हुने बिवाहले सामाजिक, आर्थिक क्षेत्रमा असर पु¥याएको छ । यसलाई न्यूनीकरण गर्न सकारात्मक सन्देशका लागि आफूहररूले प्रेसमा बिहेका निम्तो कार्ड छाप्नु अघि केटा र केटीको जन्म दर्ताको कागज माग्ने निणर्य गरेको बनगाड कुपिण्डे नगरपालिका–१ मा रहेको दिपज्योति छापाखाना सञ्चालक दिपेश केसीले जानकारी दिनुभयो ।

सल्यान जिल्लामा सञ्चालनमा रहेका आधा दर्जन अफसेट प्रेस तथा छापाखानाले वाल विवाह न्यूनीकरण गर्ने प्रतिवद्धता गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार सल्यानमा बालबिवाह न्यूनीकरण लागि प्रहरीले जिल्लाब्यापी अभियान सञ्चालन गरेको छ । स्थानीय तह र प्रहरीको सहकार्यमा हिलेसम्म बनगाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिका, त्रिवेणीगाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा आकस्मिक नम्वर सहित बाल बिवाह रोक्न घर–घरमा स्टिकर टाँस गरिएको छ ।

सल्यानमा रहेका ४६ हजार घर धुरीमा वालविवाह रोक्न जनचेतामूलक कार्यक्रम लिएर पुग्ने प्रहरीले जनाएको छ । सबै पक्षसँग समन्वय सहकार्य गरेर वालविवाह रोक्न लागेका छौ सल्यानका प्रहरी प्रमुख डिएस पी ढकेन्द्र खतिवडाले भन्नुभयो अहिले सम्म तीन जना पुरोहित र सातजना अभिभावकलाई कानुनी कार्वाही गरिएको छ ।

जिल्लामा क्रियाशिल पुरोहित तथा ज्योतिषले पनि बालविवाह कम गर्ने प्रतिवद्धता जनाएका छन् । शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानले आयोजना गरेको कार्यक्रममा सहभागि पुरोहित तथा ज्योतिषीले आफूहरूले २० वर्ष मुनीको उमेरमा गरिने बिहेमा सहभागि नहुने सामुहिक प्रतिबद्धता गरेको शारदा नगरपालिका–६ का टोपेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ९४ जना पुरोहितहरुले सामुहिक प्रतिबद्धता जनाएका हुन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिले कम उमेरमा गरिने बिहे बहिस्कार गर्ने जनाएका छन् । बाल बिवाह रोक्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएको छ । जनचेतना र कानुनी प्रक्रियासंग संगै अगाडी वढाउने गरी आफुहरु लागि परेको शारदा नगरपालिका नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार नगरभित्रका सवै जनप्रतिनीधि र कर्मचारीले कम उमेरमा गरिने बिहेको निम्तो अस्विकार गर्ने गरेका छौ । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -