Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३४:०१ बिहान
- ADVERTISEMENT -

धार्मिक क्षेत्र देवघाटमा माघे संक्रान्ति मेला सुरु

प्रकाशित मिति: २०७६ पुस २९, मंगलबार

642
Shares

देवघाट, २९ पौष २०७६ । धार्मिक क्षेत्र देवघाटमा मंगलबारबाट माघे संक्रान्ति मेला शुरु भएको छ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा लाग्ने माघे संक्रान्ति मेला यस वर्ष पनि मंगलबारबाट शुरु भएको हो ।

माघे संक्रान्तिका दिन देवघाटमा स्नान गर्न आउने भक्तजनको ब्यवस्थापनका लागि अघिल्लो दिन पुस मसान्तदेखि नै देवघाटमा माघे संक्रान्ति मेला लाग्ने गर्दछ ।

यस वर्ष ओमकार लेखिएको ध्वजा बाँधिएको बाँसको अग्लो लिङ्गो देवघाटको वेनीमा गाडेर देवघाट मेलाको उद्घाटन गरिएको छ । हरिहर सन्यास आश्रमका पिठाधिश ज्ञाननन्द सरस्वती महाराजले मेलाको धार्मिक परम्पराले देवघाट मेलाको उद्घाटन गर्नुभएको हो ।

प्रत्येक वर्षको मकर सक्रान्तीको अवसरमा लाग्ने मेलाको मंगलबार विहान विधिवत सुरुवात गरियो । तनहँुको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिगन्डकी र त्रिशुलीनदीको संगम स्थलमा बासको लिङ्गो गाडी मेलाको सुरुवात गरिएको थियो ।

दामोदर कुण्डबाट बगेर आउने कालीगन्डकी र गोसाईकुण्डबाट बगेर आउने त्रिशुली नदीको संगम देवघाटमा प्रत्येक वर्षको मकर संक्रान्तिमा मेला लाग्ने गर्छ ।

कालीगन्डकी र त्रिशुलीको संगममा स्नान गर्न देश तथा विदेशबाट लाखौं भक्तजन देवघाट आउने गर्छन् । यस वर्ष मेलामा करिब पाँच लाख भक्तजन आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।

मेलामा आउने भक्तजनलाई सहजरुपमा स्नान गर्न सक्ने व्यवस्था मिलाईएको अध्यक्ष पौडेलले बताउनुभयो । मेला व्यवस्थापनकोलागि समितिले तनहुँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय, तथा सरोकारवालासँग समन्वय गरिएको समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेले बताउनुभयो ।

मेलालाई भव्य रुपमा सम्पन्न गरि समितिका अध्यक्ष पौडेलको संयोजकत्वमा मुल समिति र २२ वटा विभिन्न समितिहरु गठन गरिएका छन् । भक्तजनको सुरक्षाकोलागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि पाँच सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको छ । मेला अवधिभर देवघाट क्षेत्रमा मांस मदिरा निशेध गरिएको कार्यकारी निर्देशक घिमिरेले जानकारी दिनुभयो ।

त्रिशुली नदीको चितवन तर्फको भागबाट तनहुँ तर्फ रहेको बेणीसँगममा जान आउन ४० वटा डुंगाको व्यवस्था मिलाईएको छ । स्नानको क्रममा कुनै दुर्घटना हुन नदिन नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बोटे जातीका स्वयंसेवक परिचालन गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुल जिर्ण भएको हुँदा एक पटकमा एक सय जना मात्र वारपार गर्न सकिने व्ववस्था पनि मिलाईएको उहाँले बताउनु भयो । दामोदर कुण्डबाट बगेर आएको कालीगन्डकी र गोसाईकुण्डबाट बगेर आएको त्रिशुलीको संगमस्थान देवघाटको बेणीसँगममा मकर संक्रान्तिमा स्नान गरेमा फल प्राप्त हुने जनविश्वास रही आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -