Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:५१ बिहान
- ADVERTISEMENT -

सरकारले संविधानविरोधी विधेयकहरु ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार : नेता नवीन्द्रराज जोशी

प्रकाशित मिति: २०७६ पुस २४, बिहीबार

1328
Shares

काठमाडौं, २४ पौष २०७६ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले नेपाल कम्यनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधानविरोधी विधेयकहरु ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाउनु भएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको सूचना प्रविधि विधेयकविरुद्धको सभालाई सम्बोधन गर्दै नेता जोशीले सरकारका कारण लामो समयको संघर्ष र बलिदानपछि प्राप्त अधिकारहरु खोसिदै गएको दाबी गर्नुभयो ।

“लोकतान्त्रिक व्यवस्थामाथि सरकारले प्रहार गरेको छ । नेपाली जनताले लामो संघर्ष बलिदान पछि प्राप्त गरेको लोकतान्त्रिक अधिकारहरु खोसिदै छन्,” उनले भने, “आज जनताका अभिव्यक्ति स्वतन्त्रता खोसिने विधेयकहरु आएका छन् ।” केही महिना अगाडि चिनियाँ कम्युनिस्ट पार्टीका प्रशिक्षकबाट सत्तारुढ नेकपाका नेता-कार्यकर्ताले लिएको प्रशिक्षण स्मरण गर्दै नेता जोशीले सरकार नेपालमा पनि चीनको जस्तै शासन व्यवस्था ल्याउन लागेको आशंका व्यक्त गर्नुभयो ।

“नेकपाका नेता–कार्यकर्तालाई चीनका प्रशिक्षकहरुले प्रशिक्षण दिने काम गरे,” उनले प्रश्न गरे, “आज म नेकपालाई प्रश्‍न गर्न चाहन्छु- चीनमा जसरी जनताको अभिव्यक्ति स्वतन्त्रता खोसिएको छ, कोही बोल्यो भने मारिन्छ, के त्यही व्यवस्था नेपालमा स्थापना गर्न चाहेको हो ?” नेता जोशीले नेपाली जनतालाई नजिस्क्याउन र अधिकार नखोस्न सुझावसमेत दिए । नेपाली जनतालाई जिस्क्याउने र उनीहरुका अधिकार खोस्ने काम भए नेकपाको अवस्था पूर्वराजाहरुको जस्तै हुने उनले चेतावनी दिनुभयो ।

“नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्ने प्रयत्न धेरैले गरे । आजसम्म कोही सफल हुन सकेका छैनन् । जसले जनताको लोकतान्त्रिक अधिकार खोस्ने दुस्साहस ग¥यो त्यो भष्म हुन्छ भन्ने कुरा विगतको ज्ञानेन्द्र र महेन्द्रको हामीले देखेका छौं,” नेता जोशीले भन्नुभयो ।

नेविसंघले सरकार एकपछि अर्को गरी संविधानले सुनिश्चित गरेका जनताका अधिकार खोस्न थाले पछि जनतामा चेतना फैलाउन विरोधसभा गरिएको जनाएको छ । विरोध सभाको संयोजन गरेका नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले सूचना प्रविधि विधेयक फिर्ता नलिएसम्म सरकारविरुद्धको आन्दोलन जारी रहने बताउनु भएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -