काठमाडौं, १९ पौष २०७६ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आज शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । बाँकी २ उम्मेदवारको नाम आज शनिबार साँझसम्म टुंगो लगाउने कांग्रेसले जनाएको छ ।
रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ । कर्णाली प्रदेशमा कांग्रेसले उम्मेदवार टुंग्याउन बाँकी रहेको जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते हुनेछ । आइतबार मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका सार्बजनिक गरिने छ ।
राष्ट्रियसभा सदस्यका उम्मेद्वारः
प्रदेश नम्बर १
निरबहादुर विश्वकर्मा (दलिततर्फ)
मीना पुलामी मगर (महिला)
राजेन्द्र घिमिरे (अन्य)
प्रदेश नम्बर २
नगिना यादव (महिला)
भोला पन्जियार (अल्पसंख्य÷अपांगता)
प्रदेश नम्बर ३
हरिशरण श्रेष्ठ (अन्य)
छलीकुमारी शर्मा उपाध्याय (महिला)
गण्डकी प्रदेश
सूर्यप्रसाद रेग्मी (अन्य)
विमला गौचन (महिला)
प्रदेश नम्बर ५
बालकृष्ण पाण्डे (अन्य)
गिरिजा न्यौपाने (महिला)
मेराज हलवाई (अल्पसंख्यक÷अपाङ्गता)
सुदुरपश्चिम प्रदेश
प्रताप ठगुन्ना (अन्य)
तुलसी देवकोटा (महिला)








































