काठमाडौं, १८ पौष २०७६ । आन्दाेलनरत उखु किसानलाई कांग्रेस नेता बजगाईंले न्यानो ज्याकेट प्रदान गरेका छ्न ।
चिनी मिलले पैसा नदिएपछि दुई हप्ताअघि काठमाडौं आएका उखु किसान अहिले आन्दोलनरत छन् । दिनहुँ माइतीघर मण्डलामा उनीहरू आफूले पाउनुपर्ने पैसा दिनुपर्ने भन्दै धर्ना दिइरहेका छन् ।
एकसरो लुगामा काठमाडौं छिरेका उखु किसान काठमाडौंको चिसोमा काँप्दै मन्त्री भेट्न, माइतीघरमा प्रदर्शन गरिरहेका छन् । तिनै उखु किसानलाई कांग्रेस नेता राजेन्द्र बजगाईंले न्यानो ज्याकेट दिएका छन् ।
‘सरकारले उनीहरूको माग सुन्ने छाँटकाँट देखाएको छैन,’ बजगाईंले भने, ‘काठमाडौंमा चिसो बढेको छ । त्यसैमाथि झरी परेको छ। उनीहरूलाई चिसोमा जोगिन ५० जनालाई एक/एक वटा डाउन ज्याकेट दिएको छु।’ बजगाईं उखु किसानको मागमा ऐक्यबद्धता जनाउन शुक्रबार माइतीघर पुगेका थिए ।








































