Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४१:१७ दिउँसो
- ADVERTISEMENT -

कास्कीमा सुनको सिक्रीको लागि महिलाको हत्या

प्रकाशित मिति: २०७६ पुस १४, सोमबार

750
Shares

कास्की, १४ पौष २०७६ । कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं ५ रिभानमा एक बृद्धा महिलाको हत्याको आरोपमा कास्की प्रहरीले एक जना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

कास्की रिभानकी ६७ बर्षीया चिजा विकको हत्या गर्ने म्याग्दी धवलागिरी गाउँपालिका ५ घर भई पोखरा २५ हेमजामा बस्दै आएका ३९ बर्षीय खिम बहादुर श्रीपालीलाई कास्की प्रहरीले आइतबार सार्बजनिक गरेको हो ।

तनहुँ व्यास नगरपालिका वडा नम्बर २ उत्तरसिला फिल्म हल नजिकै शनिबार उनलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्र्कीले जानकारी दिनुभयो ।

बृद्धा महिलाको गरगहना चोरेर उनको हत्या गरी फरार भएका श्रीपालीलाई तनहुँ र लेखनाथमा सुन बिक्रि गरेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रीपालीलाई कर्तव्य ज्यान र जबरजस्ती चोरी गरेकोले डाँका मुद्धा चलाईएको एस.पी. कार्कीले जानकारी दिनुभयो । यही पुष ८ गते बेलुका करिब ९ः४५ बजे रक्सि खादै राति नै ति वृद्धाको घरमा बास बस्ने उद्धेश्यले पुगेका श्रीपालीले चिजाको हत्या पश्चात शवलाई शिरकले छोपेर बाहिरबाट ढोकामा साँचो लगायर फरार भएको प्रहरीले जनाएको छ ।

चिजाको हत्या भएको स्थलमा करिब २ केजी तौल बराबरको ढुंगो समेत फेला परेको एस.पी. कार्कीले बताउनुभयो । उक्त ढुंगाले चिजालाई टाउकोमा प्रहार गर्दा उनको हेड इन्जुरि भएर ज्यान गएको एसपी कार्कीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -