गोरखा, १३ पौष २०७६ । बारपाक सुलीकोट गाँउपालिका द्ववारमा सबै वडाहरूमा जेष्ठ नागरिकहरूलाई न्यानो कपडा कम्बल बितरण गरिएको छ ।
एक कार्यक्रमका बिच वडा न १ र २ वडा बारपाकका ९० वर्ष माथिको बृद्धावृद्ध ७० जना भन्दा बढी जेष्ठ नागरिकहरूलाई एक कार्यक्रममा गरि न्यानो कपडा सहित कम्बल सिरक उपप्रमुख सनमाया गुरूङद्धारा बितरण गरिएको थियो ।
साथै,देशभरी चिसो बडी रहेको बेला गोरखा बारपाक सुलिकोट गाउँपालिका ८ ओटै वडा हरूमा यो न्यानो कार्यक्रम बितरण सुरू भएको गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयो ।
साथै, स- साना बच्चाहरू र डेलिभरी भएको महिलाहरुलाई पनि यो कार्यक्रम लागु हुने बताएका छन् ।
त्यसैगरी, गाउँपालिकाद्वारा प्रत्येक महिना जेष्ठ नागरिकलाई घरमै स्वाथ्य जाँच कार्यक्रम पनि सुरू तथा निशुल्क स्वास्थ्य उपचार सुरु भएको छ ।
सोही कार्यक्रममा बोल्नु हुँदै उपप्रमुख गुरुङले बारपाक सुलिकोट गाउँपालिका सँधै जनताको पक्षमा रहिरहने जनताहरूलाई कुनै पनि समस्याबाट बन्चित हुन नदिने बताउनु भयो ।









































