काठमाडौं, १३ पौष २०७६ । नेपाली काँग्रेसका पूर्व-महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले अहिलेसम्मकै ठूलो गल्ती गरेको जानकारी दिएका छन् ।
शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले बहुमतका आधारमा गरेका महत्वपूर्ण निर्णयबारे पूर्व-महामन्त्री सिटौलाले पार्टीको इतिहासमै देउवाले ठूलो गल्ती गरेको आरोप लगाका हुन् ।
पूर्व-महामन्त्री सिटौलाले भने, ‘महाधिवेशनको कार्यतालिकाबारे सबैसँग छलफल गरेर सहमतिमै निर्णय गर्नुपर्ने हो । सभापतिजीले नेपाली काँग्रेसको इतिहासमै नभएको घटना घटाइदिनुभयो, किसुनजी, गिरिजाप्रसाद र सुशील कोइरालाको पालादेखि गरिँदै आएको प्रक्रिया तोड्नुभयो । बहुमतले महाधिवेशनको मिति तोकेको यो पहिलो पटक हो । ‘यसअघि महाधिवेशनमा जाँदा त सबैले मिलेर मिति तोक्ने र क्रियाशील सदस्यहरूको छानविन समिति बनाएर जाने प्रचलन थियो।’
‘सभापतिले तरुण दलको कार्यकाल थपेर पोखरामा भएको गल्ती फेरि एकलौटी ढंगबाट दोहोर्याउनुभयोु सिटौलाले भने, ‘यी सबै गल्तीभन्दा पनि ठूलो गल्ती बहुमतको आधारमा पार्टी हाँक्ने कोशिस गर्नु हो।’








































