Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३७:१६ दिउँसो
- ADVERTISEMENT -

देशैभर जाडो बढ्यो, विद्युत् र ग्यासको माग उच्च

प्रकाशित मिति: २०७६ पुस १३, आइतबार

640
Shares

काठमाडौँ, १३ पौष २०७६ । पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको हो । आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन् ।

शनिबार काठमाडौँ उपत्यकाको तापक्रम ०।६ डिग्री सेन्टिग्रेट मापन भयो । देशभर तापक्रम घट्दै जाँदा घरायशी उपभोक्ताले विद्युतीय हिटर, कुलर एयर कन्डिसन, बोइलर इन्डक्सनजस्ता उपकरण चलाउन चाहँदा विद्युत् माग उच्च रूपले बढेको छ । हिउँदका समयमा विगतमा तराई क्षेत्रमा कम माग हुन्थ्यो तर यो वर्ष त्यहाँको प्रवृत्ति फेरिएको छ । प्राधिकरणका अनुसार खपत तराईमा पनि खासै घटेको छैन । नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार २०७५ पुस ११ गते साँझभन्दा ०७६ पुस ११ मा ११२ मेगावाट विद्युत् माग बढी भयो । जाडो लागेसँगै शुक्रबार नै सबैभन्दा धेरै देशभर १३३८ मेगावाट विद्युत् माग रेकर्ड भएको छ । यसअघि लक्ष्मीपूजाका दिन एक हजार ८९ मेगावाट रेकर्ड भएको थियो ।

प्राधिकरणमा लोड डिमान्ड औसतमा २५ प्रतिशतले बढेको छ । बढ्दो मागको हिस्सा काठमाडौँ उपत्यकाको मात्र ४० प्रतिशत छ । माग बढी हुँदा प्राधिकरणको स्थानीय स्तरका वितरण प्रणालीले थेग्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको हो । लोड डिमान्ड बढ्दा कतिपय क्षेत्रमा, लो भोल्टेज तार चुँडिने, ट्रान्सफर्मर पड्कने समस्या बढेका कारण विभिन्न स्थानमा विद्युत् आपूर्तिमा समस्या आउने गरेको प्राधिकरणले जनाएको छ ।

शुक्रबार मात्रै राजधानीको बानेश्वर क्षेत्रमा ३० एमभीए र स्युचाटार क्षेत्रको १५ एमभीएका ट्रान्सफर्मर जल्दा प्राधिकरणले तत्काल नयाँ जडान गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुनै स्थान विशेषमा एकाएक माग उच्च हुँदा स्थानीय स्तरमा यस्ता समस्या आएका हुन् । स्थानीय वितरण प्रणालीमा आकस्मिक उच्च माग हुँदा सो क्षेत्रमै आपूर्ति नै अवरुद्ध हुन्छ, घिसिङले भन्नुभयो, जुन स्थानमा समस्या हुन्छ त्यहाँ मर्मत तथा सुधारका लागि प्राधिकरणका कर्मचारी तत्काल पुग्ने व्यवस्था गरेका छौँ र भएको पनि छ ।समस्या आएका क्षेत्रमा मर्मतका लागि लाग्ने समय मात्र विद्युत् अवरुद्ध भएको र कहीँकतै पनि मर्मतसम्भारमा हेलचेक्य्राइँ नभएको ठोकुवा उहाँले गर्नुभयो ।

जाडो बढेसँगै विद्युत् माग बढ्दा विद्युत् नपुगेर आपूर्ति रोकिएको होइन । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार तत्काल १५ सय मेगावाटभन्दा धेरै विद्युत् आपूर्ति क्षमता प्राधिकरणसँग छ । उच्च माग (पिक डिमान्ड)अनुसार आपूर्ति गर्न वितरण प्रणाली सुधार तीव्र भइरहेको उहाँकोे भनाइ छ ।

बस्ती बढेसँगै विद्युत् क्षमता विस्तार गर्नुपर्ने हुन्छ तर यसमा स्थानीयले थप लाइनका लागि रुट नदिने घर नजिक भयो भन्दै ट्रान्सफर्मर राख्ने नदिने समस्या पनि प्राधिकरणले सामना गर्नुपरेको घिसिङको अनुभव छ । अहिले सडक निर्माणलगायतका पूर्वाधार विस्तारका कार्यले पनि कतिपय स्थानमा विद्युत् अवरोध भएको उहाँको भनाइ छ ।

सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत् खपत प्रतिव्यक्ति वार्षिक २४५ किलोवाट आवरबाट युनिटबाट करिब दोब्बर हुनेगरी ४२६ पु¥याउने लक्ष्य छ । विद्युत् आपूर्तिमा अहिले देखिएको समस्याले कुनै असर नपर्ने दाबी घिसिङको छ । देशभर भइरहेको नयाँ सबस्टेसन निर्माण, नयाँ लाइन विस्तार, ट्रान्सफर्मरको क्षमता विस्तारले मूर्त रूप पाउँदा सबै नेपालीले सहज र पर्याप्त विद्युत् पाउने अवस्था आउने दाबी घिसिङको छ । स्थानीय स्तरमा देखिएका अल्पकालीन समस्याले विद्युत् विस्तारको दीर्घकालीन लक्ष्यलाई प्रभावित गर्दैन, उहाँले भन्नुभयो, “ग्राहकलाई गुणस्तरीय सेवा दिन हामी अहोरात्र खटिएका छौँ, ढुक्क हुँदा हुन्छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -