Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१०:२८ बिहान
- ADVERTISEMENT -

लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका हक अधिकार स्थापनाका लागि प्रहरी कटिवद्ध

प्रकाशित मिति: २०७६ पुस १०, बिहीबार

985
Shares

पोखरा, १० पौष २०७६ । लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका हक अधिकार स्थापनाका लागि प्रहरी कटिवद्ध रहने जनाएको छ ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा यही पौष १० गते पोखरामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका समस्या, सवाल तथा समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वर्तमान समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले समाना गर्दै आईरहेका विभिन्न विभेद तथा अपहेलना लगायतका चुनौतीहरुका विषयमा वृहत छलफल एवं अन्तरक्रिया गरी त्यस्ता विभेदजन्य गतिविधिहरु विरुद्ध ठोस कदम चाल्न गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लामा रहेका लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको संगठन नौलो विहानी नेपालका अध्यक्ष विन्दिया गौतमले लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका विविध विषय समेटिएको प्रस्तुतीकरण गर्नुभएको थियो ।

साथै, उक्त कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले आफूहरुले समाजमा भोग्नु परेका विविध वाधा व्यवधानहरु, राज्यले नै सुनिश्चित गरेका हक अधिकार प्राप्तीका क्रममा खेप्नु परेका अफ्ठ्याराहरु लगायतका विषयमा आ-आफ्नो अनुभव साझा गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री माननीय नरदेवी पुन मगरले लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न उद्धमशिल तालिमहरु प्रदान गर्दै उनिहरुलाई आत्मनिर्भर बनाई समाजमा स्थापित गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो ।

उक्त कार्यक्रममा प्रहरीसंग सम्बन्धीत जिज्ञाशाहरुलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले राज्यबाट संविधानमा नै संरक्षित समानताको हक स्थापना गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको बताउँदै प्रहरीबाट कसैप्रति पनि भेदभावजन्य व्यवहार प्रस्तुत नहुने कुरा स्पष्ट पार्नुभएको छ ।

साथै, लैंगिक तथा यौनिक अल्पसंख्यकहरु भएकै कारण न्याय नपाएको अनुभुती भए तत्कालै प्रहरीको सम्पर्कमा आउन आग्रह गर्दै कानूनले वर्जित गरेको विषयमा भने कसैलाई पनि छुट नहुने कुरा उहाँले स्पष्ट पार्नुभयो ।

लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको माथी भएको विभेदकारी मानसिकता अन्त्त्यका लागि नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय-प्रहरी साझेदारीका माध्यमबाट सचेतना फेलाउने अभियानमा सहकार्य गर्न समेत उहाँले आह्वान गर्नुभएको छ ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्मा, संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -