काठमाण्डौँ, १० पौष २०७६ । गत मंगलबार मात्र सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले डा. बाबुराम भट्टराईले आन्दोलन शुरु गर्ने चेतावनी दिएका छन् ।
बुधबार ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले पहिचानमा आधारित संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली स्थापित गर्न सडक र सदनबाट संघर्ष गर्ने बताएका हुन् । ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्न मानेन। अब हामी प्रतिपक्षमा बसेर आन्दोलन गर्छौँ।
‘हामीले लामो समयदेखि संविधान र शासकीय स्वरुपमा असहमति राख्दै आएका छौँ’, उनले भने, ‘अब सडक आन्दोलन गर्ने पालो आयो, हामी सडकमा जान्छौँ।’ डा. भट्टराईले प्रमुख प्रतिपक्षी दलहरूसँग विचार र मुद्दाका आधारमा सहकार्य गरिने समेत बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य गर्न सकिने तर्क राखेका छन् ।
केही समय अघिमात्र प्रधानमन्त्रि ओलीले मन्त्रिपरिषद पुर्नरगठन गर्दा समाजवादी पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रिबाट कानुन मन्त्रि बनाए देखिनै रुस्ट समाजवादी पार्टीबाट मन्त्री बनेका यादवले उपप्रधान एवं कानुन न्याय तथा संसदीय मन्त्री र मोहम्मद इस्तियाक राईले शहरी विकास मन्त्रीबाट राजिनामा दिएका थिए ।
समाजवादीले दिएको समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत गुमाएको छ।








































