Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:५७ बिहान
- ADVERTISEMENT -

केपी ओलीलाई नै कार्वाही गर्नुपर्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको चेतावनी, ओलीलाई ठूलो झट्का

प्रकाशित मिति: २०७५ साउन १५, मंगलबार

2179
Shares

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारका पछिल्ला कामकारवाहीप्रति तीव्र विरोध जनाउँदै प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ कार्वाही गर्नु पर्ने बताएका छन् ।

 

नेपाली कांग्रेसले मंगलबार गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकारको कामकारवाहीप्रति आलोचना गर्दै उनले कार्वाही गर्नुपर्ने बताएका हुन् । रातोझन्डा ओढेपछि सबै खत माफी हुने व्यवस्था लागु गर्न लागिएको बताए ।

“रातो झन्डा ओढेपछि सबै खत माफ हुन्छ ? भ्रष्टाचार गरे पनि हुन्छ । बलात्कार गरे पनि जेल जानुपर्दैन । मान्छे मारे पनि हुन्छ । हिजो लुटेका सम्पत्ति पास गराउने खेल भएको छ,” पौडेलले आक्रोश व्यक्त गर्दै भने । उनले सीमित व्यक्तिलाई धनी बनाउने प्रयास भएको भन्दै सरकारको आलोचना गरे ।

“संघीयता, लोकतन्त्र र गणतन्त्र कार्यान्वयनतिर यो सरकार अघि बढेको छैन,” उनले भने, “अधिकार प्रधानमन्त्रीमा केन्द्रित हुँदैछ ।” उनले प्रधानन्यायाधीशलाई संसदीय सुनुवाई समितिले अनुमोदन नगरे प्रधानमन्त्री, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गरिनुपर्ने बताए ।

“प्रधान न्यायाधीशको कुनै दोष नै छैन । उनको पदलाई अनावश्यक धरापमा पारिँदैछ,” पौडेलले भने, “सुनुवाई समितिले अहिलेसम्म किन निर्णय गर्न नसकेको ? यतिबेला आएर विद्यापिठको भएन भनेर हुन्छ ? जागिर खाँदादेखि अहिलेसम्म कसरी त्यो सर्टिफिकेट काम लाग्यो अब काम नलाग्ने भयो ? यसो गर्दा अन्याय हुँदैन ?”

उनले न्यायपरिषदले के आधारमा सिफारिस गरेकोे भन्दै प्रतिप्रश्न गर्दै अनुमोदन नभए प्रधानमन्त्री, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गर्नुपर्ने बताए । “न्यायपरिषदले सिफारिस गर्दासम्म कसरी ठिक थियो । यदि उल्ट्याउने हो भने केपी ओली, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गर्नुपर्छ । न्याय परिषद् र संवैधानिक परिषदका पदाधिकारी निस्कासित हुनुपर्छ । के हेरेर सिफारिस गरियो ?”

उनले सभामुख र उपसभामुख एउटै पार्टीका हुन नहुने संवैधानिक व्यवस्था भए पनि अहिले पदबाट राजीनामा दिएको भन्दै पन्छिएको बताए ।  उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको नारा लगाएको भए पनि अहिले सबैभन्दा बढी भ्रष्टाचार भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -