Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४७:०७ बिहान
- ADVERTISEMENT -

एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु

प्रकाशित मिति: २०७६ पुस ५, शनिबार

649
Shares

काठमाडौँ, ५ पौष २०७६ । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।

उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष ९आईसीयू०मा राखेर उपचार गरिएको थियो ।

शिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै एकैपटक चारवटै खोप लगाइएको थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण सघन उपचार कक्ष ९आईसीयू०मा राखेर उपचार गर्न नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृत्यु भएको जनाइएको छ ।

यता, स्वास्थ्यकर्मीहरूले खोपकै कारण शिशुको मृत्यु भएको भन्ने प्रमाण नभएको बताएका छन् । मृतकको परिवार र स्वास्थ्यकर्मीबीच भएको छलफलमा सहभागी स्वास्थ्यकर्मी स्थानीय आदिपुर स्वास्थ्य चौकीका अहेब सुरेन्द्र साम्बाले खोपकै कारण बच्चाको मृत्यु भएको प्रमाण नभएको बताए ।

साम्बाले नेपाल सरकारको तालिकाअनुसार नै स्वास्थ्यकर्मीहरूले खोप दिएकाले मृत्युको कारण खोप नभएको जिकिर गरे । ‘स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको तालिकाअनुसार नै खोप दिएका छन् । यदि त्यही कारणले भए खोप लगाएको आधा घण्टादेखि नै प्रतिक्रिया देखिन्थ्यो,’ साम्बाले भने, ‘तर, भोलिपल्टदेखि मात्र रुन थालेको भन्ने सुनियो । अभिभावकले तुरुन्त स्वास्थ्यकर्मीलाई देखाएनन् । बाहिर उपचारमा लैजानुभएछ । तसर्थ, खोपको कारण नै हो भन्न सकिँदैन ।’

सिमलटार सामुदायिक स्वास्थ्य इकाइमा कुमारी योङहाङ र सन्ध्या कार्की स्वास्थ्यकर्मीका रूपमा कार्यरत छन् । शिशुलाई खोप लगाउँदा उनीहरू नै संलग्न थिए । यस विषयमा बुझ्न माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप राईसँग सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ भएका कारण सम्पर्क हुन सकेन ।

यता, माङसेबुङ गाउँपालिका–४ का वडाअध्यक्ष अमृत राईले घटनाबारे आफूले ढिला मात्र जानकारी पाएकाले केही गर्न नसकिएको बताए । शिशु बिरामी भएको, उपचारमा लगिएको र मृत्यु भएको समेत ढिलो मात्र थाहा पाएकाले थप केही गर्न नसकिएको बताए । ‘मलाई २९ मंसिरको राति मात्र फोन गरेर परिवारले जानकारी दियो । सुरुमा नै जानकारी पाएको भए पोस्टमार्टम गर्न सकिन्थ्यो । त्यहाँबाट मृत्युको कारण थाहा हुने थियो,’ अध्यक्ष राईले भने, ‘सदगदसमेत भइसकेको हुनाले अरू केही प्रक्रियामा जान सकिएन ।’

यसैबीच सो घटना सार्वजनिक भए पनि मृतकका परिवारलाई गाउँपालिकाबाट आर्थिक सहयोग उपलब्ध गराइदिने सर्तमा घटना टुंग्याइएको छ । बिहीबार मृतकको परिवार, माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा, सामुदायिक स्वास्थ्य इकाइ, जनप्रतिनिधि र नागरिक समाजलगायतको छलफलमा मृतकको परिवारलाई गाउँपालिकाबाट राहत उपलब्ध गराउने सहमतिपछि घटनाको टुंगो लगाइएको हो ।

‘मृतकको परिवार र स्वास्थ्यकर्मीलाई राखेर छलफल गरियो । मृत्युको कारण यही हो भन्ने यकिन नभएकाले सबैको सहमति भयो,’ वडाअध्यक्ष अमृत राईले भने, ‘शिशुको पोस्टमार्टम भएको भए सहज हुने थियो । सदगद गरिसकेछ । यहाँबाट मृत्युको कारण यकिन हुन सकेन । त्यसैले, विपन्न परिवार भएकाले गाउँपालिकाको राहत कोषबाट आर्थिक सहयोग उपलब्ध गराउनेगरी सबैको सहमति भयो ।’

मृततकका परिवारले राहत लिनका लागि वडा कार्यालयबाट सिफारिससमेत लिइसकेको वडाअध्यक्ष राईले जानकारी दिए । राजधानीबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -