कास्की, २९ मङ्सिर २०७६ । पोखरामा चलिरहेको लिटरेचर फेस्टिभलमा विभिन्न विषयमाथि बहस भइरहेको छ । सयैगरी, आइतबार राजनीतिक विषयमा छलफल भएको छ ।
गगन थापा, योगेश भट्टराई र रवीन्द्र मिश्र सहभागी भएको राजनीतिक बहसमा सो सेसनलाई नयाँपत्रिकाका सम्पादक उमेश चौहानले सञ्चालन गरेका थिए ।
अपवाद छाडेर हालसम्मका राजनीतिक उपलब्धी र नेताहरुले जनताको जीवनस्तर उकास्न नसकेको रवीन्द्र मिश्रको आरोपलाई नेकपाका नेता मन्त्री योगेश भट्टराई र कांग्रेस नेता गगन थापाले तर्कसहित खण्डन गरेका छन् ।
छलफलमा योगेश भट्टराईले नेकपा र काँग्रेससहितका दलको संघर्षबाट नै लोकतन्त्र आएको र जनताले आफ्नो विचार राख्न आएका बन्दै मुलुक विकास र समृद्धिमा अघि बढेको स्पष्ट पारे ।
हालसम्मको राजनीतिक संघर्षबाटै जनताले स्वतन्त्रता पाएको भन्दै योगेश भट्टराईले भने, ‘यदी केही नभएको भए यतिखेर म र गगन मसाल लिएर आन्दोलन गरिरहेका हुन्थ्यौं र रवीन्द्रजी बीबीसीमा समाचार पढिरहेका हुन्थे।’
यसैगरी, विभिन्न राजनीतिक संघर्षबाट विभिन्न कालखण्डमा लादिएका निरकुंशता हटाउन सफल भएकै कारण रवीन्द्र मिश्र पार्टी खोले राजनीतिमा आएको भन्दै योगेश भट्टराईले भने, ‘हामीले बाटो नसम्याएको भए रवीन्द्र मिश्र समाचार पढिरहेका हुन्थे ।’








































