- ADVERTISEMENT -

प्राचीन गोरखा दरबारमा सिमेन्टको जग

July 28, 2018
1941
Shares
- ADVERTISEMENT -

गोरखा, १२ साउन , चारसय बर्ष पुरानो गोरखा दरबार पुनर्निर्माण गर्न पुरातत्व बिभागले बढिमा एकसय बर्ष टिक्ने सिमेन्टको जग बनाएको छ । जगमा सिमेन्ट प्रयोग भएपछि गोरखा दरबार तथा गोरखाकाली मन्दिर दर्शन गर्न आउने भक्तजनरुले अलोचना गर्ने गरेका छन् ।

‘चारसय बर्ष पुरानो गोरखा दरबार भत्काएर मुस्किलले एकसय बर्ष टिक्ने सिमेन्ट प्रयोग गरिएको छ’, गोरखकाली मन्दिरका पुजारी शारदाप्रसाद भट्टराईले भने, ‘दरबार प्रशासनले यस्तो पनि किन टुलुटुलु हेरेर बसेको होला ?’ डिजाइन अनुसार नै गरेको भए पनि डिजाइन नै गलत हुनसक्ने उनले तर्क गरे ।

- ADVERTISEMENT -

Advertisement

प्राचीन दरबारहरु पटक पटक बनाइरहने खालको नहुने भन्दै गोरखकाली दर्शन गर्न दाङबाट आइपुगेका रमण पौडेलले झारा टार्ने खालको काम गर्नबाट रोक्नुपर्ने तर्क गरे । ‘दरबार भन्ने कुरा व्यक्तिको घर जस्तो होइन नि’, उनले भने, ‘पहिलेका दरबारहरु चारसय, पाँचसय बर्ष टिक्ने गरी जे जे प्रयोग गरेर बनाइन्थ्यो, त्यहीत्यही प्रयोग गरेर बनाउनु पर्छ ।’ पुनर्निर्माणका लागि धेरै समय लागे पनि बलियो संरचनाका लागि सम्झौता गर्न नहुने तर्क गरे । पुनर्निर्माणका लागि दरबार भत्काउने क्रममा शंकास्पद ठूला खाल्डाहरु भेटेपछि निर्माण कम्पनीले रड र सिमेन्ट प्रयोग गरी जग ढलान गरेको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । ‘जगमा खाल्डा खुल्डी भेटिएपछि ठेकेदारले रड, सिमेन्ट र रासयनिक सामग्री प्रयोग गरी ढलान गरेको हो’, अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले भने, ‘सिमेन्ट प्रयोग किन गरिएको भनेर हामीले सोधेका पनि थियौं । उपचार गरिएको सिमेन्ट हो । यहाँभन्दा माथि प्रयोग हुदैन भनेर जवाफ दिए ।’ सबै काम बिभागले गर्ने हुँदा आफूहरुलाई केहीकुरा थाहा नहुने उनले बताए ।

बि.सं. १६८६ मा निर्माण गरिएको गोरखा दरबार २०७२ सालको भूकम्पले भत्किए थियो । भत्किएको तीनबर्षपछि पुरातत्व बिभागले पुनर्निर्माणको काम सुरु गरेको छ । चार करोड ३७ लाख रुपियाँको लागतमा दरबार पुनर्निर्माण गर्न लागिएको सूचना अधिकारी कट्टेलले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

पचली, शिवाको जेभी निर्माण कम्पनीले दरबार पुनर्निर्माणको काम थालेको उनले जानकारी दिए । तर दरबार पुनर्निर्माणको काम भने बिगत तीनसातादेखि ठप्प छ । जग पुरेर काम रोकेको दरबार हेरचाह अड्डाले जानकारी दियो । Source : Daraudi

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -