Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:१४ बिहान
- ADVERTISEMENT -

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गरिँदै

प्रकाशित मिति: २०७६ मंसिर २३, सोमबार

698
Shares

दमौली, २३ मङ्सिर २०७६ । व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो ।

सो आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ताल निर्माणका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पहिलो चरणमा ताललाई मात्रै प्राथमिकतामा राखेर काम हुनेछ ।”

नगरपालिकाले दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई समेत अगाडि बढाइसकेको जनाएको छ । नगरप्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा ताल निर्माणलाई अगाडि बढाउने र दोस्रो चरणमा जग्गा व्यवस्थापनको काम गर्ने लक्ष्य राखिएको छ ।“मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने अध्ययनबाट देखिएको छ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो, “यसले समग्र व्यास क्षेत्रकै पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।”

काठमाडौँबाट १५० र पोखराबाट ५० किमि दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि करिब रु छ अर्ब लाग्ने अनुमान छ । कृत्रिम तालसहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, ५०० क्षमताको सभाहल, वनस्पति फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायतका संरचना निर्माण गरिनेछ ।

प्रथम चौमासिक खर्च रु २४ करोड

नगरपालिकाले चालू आर्थिक वर्ष ०७६÷७७ को प्रथम चौमासिकसम्म रु २४ करोडभन्दा बढी खर्च गरेको छ । ३१ औँ नगरसभाबाट पारित नीति, बजेट तथा कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्म चालू र पूँजीगततर्फ गरी रु २४ करोड ८९ लाख १८ हजार ५९९ खर्च भएको नगरपालिकाले जनाएको छ ।

चालूतर्फ रु १८ करोड ३४ लाख ५६ हजार ९९५ र पूँजीगततर्फ रु छ करोड ५४ लाख ६१ हजार ६०४ खर्च भएको नगरपालिकाका प्रवक्ता मेघनाथ आचार्यले जानकारी दिनुभयो । चालू आवको कूल बजेट रु एक अर्ब ३८ करोड तीन लाख २५ हजारमध्ये चालूतर्फ रु ७७ करोड ८६ लाख ७९ हजार र पूँजीगततर्फ रु ६० करोड १६ लाख ४६ हजार खर्च हुने नगरपालिकाको अनुमान छ ।

प्रथम चौमासिकमा चालूतर्फ अनुमानको तुलनामा २३।५६ प्रतिशत र पूँजीगततर्फ अनुमानको तुलनामा १०।८८ प्रतिशतले बढी खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रथम चौमासिकसम्म रु ४० करोड १३ लाख ५७ हजार ५६४ आम्दानी गरेको छ । बाह्यतर्फ रु ३३ करोड १९ लाख ६९ हजार ५६२ र आन्तरिकतर्फ रु छ करोड ९३ लाख ८८ हजार २०० आम्दानी भएको छ । चालू आवमा नगरपालिकाले बाह्य र आन्तरिक गरी आयतर्फ रु एक अर्ब ३८ करोड तीन लाख २५ हजार अनुमान गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -