Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२५:१९ दिउँसो
- ADVERTISEMENT -

पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही हुनुपर्छ :  सभापति शेरबहादुर देउवा

प्रकाशित मिति: २०७६ मंसिर २२, आइतबार

804
Shares

भैरहवा, २२ मंसिर २०७६ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही हुनुपर्ने बताउनुभएको छ । उहाँले अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने दावी गर्नुभयाे ।

नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलालाई शनिबार भैरहवामा सम्बोधन गर्दै देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गरिरहनेलाई कारवाहीको आवश्यकता रहेकोमा जोड दिनुभयो । “अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता, कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ”–उहाँले भन्नुभयो ।

देउवाले पार्टीभित्र अन्तरघात भएसम्म काँग्रेसले चुनाव जित्ने सम्भावना नरहेको दावी गर्नुभयो । हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताउनुभयो । “विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो”–उहाँले भन्नुभयो । कास्की र दाङमा सहानुभुतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको उहाँको भनाइ थियो ।

सरकारको मुख ताकेर मात्र नहुने भएकोले नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगरले विपन्न नागरिकहरुलाई साईकल तथा ह्वील चियर वितरण गरेर रचनात्मक कामको सुरुवात गरेको भन्दै देउवाले प्रशंसा गर्नुभयो । काँग्रेस सिद्धार्थनगर समितिको कार्यले अन्य जिल्ला तथा नगरका समितिहरुलाई पनि रचनात्मक कार्य गर्ने प्रेरणा मिल्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले प्रजातन्त्रको दियोलाई कसैले निभाउन नसक्ने बताउनुभयो । उहाँलेसरकारले नागरिकको अधिकार खोस्न खोजेको आरोप लगाउनुभयो । “काँग्रेस मतमा केही कमजोर देखिएको छ, तर सधैंभरी यो रहँदैन, खोलामा कहिले बाढी आउँछ र त्यही खोला कहिलेकाहीं सुख्छ”–उहाँले भन्नुभयो । सरकारले गर्नुपर्ने काम काँग्रेसले प्रतिपक्षमा बसेर पनि गरेको उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले व्यक्ति बलियो र पार्टीलाई कमजोर बनाउन नपाइने बताउनुभयो । उहाँले वर्तमान सरकार संविधानलाई कमजोर बनाउने कार्यमा लागेको आरोप लगाउनुभयो । रज्जाकले कम्युनिष्टहरु लोकतन्त्रवादी हुन नसक्ने दावी गर्नुभयो ।

काँग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मातृकाप्रसाद यादवले पार्टी एकढिक्का नहुँदा सरकारको नेतृत्व अन्य दलले गर्नु परेको बताउँदै पार्टीको संगठनलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

काँग्रेस सिद्धार्थनगरका सभापति दिलिप धितालले उपनिर्वाचनमा कांग्रेसले लालकिल्ला भत्काउन सफल भएको बताउनुभयो । पार्टीका सिद्धार्थनगर समिति सदस्य कोशिष ख्डकाले अबको दिनमा सबै मिलेर गए कांँग्रेसलाई कुनै पनि शक्तिले पनि हराउन नसक्ने दावी गर्नुभयो । त्यस अवसरमा काँग्रेस सिद्धार्थनगर समिति कोषाध्यक्ष एवं कार्यक्रम संयोजक राजकुमार गुप्ता, सचिव सञ्जिव शर्मा रेग्मीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका अन्तर्गत विभिन्न वडाका विपन्न तथा अपांगता भएका व्यक्तिहरुलाई ४४ वटा साइकल तथा पाँचवटा ह्वील चेयर वितरण गरिएको थियो । त्यस्तै कार्यक्रम सफल बनाउन सहयोग पु¥याएको भन्दै विभिन्न व्यक्तिहरुलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -