चितवन, १४ मंसिर २०७६ । पुर्बी चितवनको खैरहनी नगरपापलिकाको वडा नम्बर ४ तथा ५ मा नेपाली कांग्रेस विजयी भएको छ ।
आज भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्धार खैरहनी ५ मा प्रतिमा कार्की बस्नेत र खैरहनी ४ मा बेद बहादु अधिकारी विजयी भएका हुन ।
वडा नम्बर ५ मा नेपाली काँग्रेसकी उम्मेद्धार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै खैरुहनी ४ मा नेपाली कांग्रेसका देव बहादुर बस्नेतले नेकपा बेद बहादुर अधिकारीलाई १ सय ५२ मत अन्तरले पराजित गरेका हुन । बस्नेतले ११ सय ३८ र अधिकारीले ९ सय ८६ मत प्राप्त गरेका थिए ।








































