बाग्लुङ, १३ मङ्सिर २०७६ । बाग्लुङमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कम्युनिष्ट सांसद जनताको फन्दामा परेका छन् । बागलुङ -२ काे २ तमानखाेला गाउपालिका- १ बाेङ्गादाेभानमा बागलुङ-२ काे प्रदेश -१ का सांसद चन्द्र बहादुर बुढा आज बिहान पुगेर विभिन्न बिकास आयाेजना ल्याईदिने र आर्थिक सहयोग गर्ने प्रलोभनमा पारेका थिए ।
स्थानीयले साेध-पुछ गरि अाचारसंहिता बिपरित मतदाता प्रभावित गरेको भनी गाडी नियन्त्रणमा लिएका थिए । प्रदेश सांसद चन्द्रबहादुर बुढासहित बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, नेकपा बागलुङ ईन्चार्ज बलावती शर्मा, राजमाेका जिल्ला अध्यक्ष अमर थापा , गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाहकार गाेविन्द नेपाली लगायतका नेताहरु थिए ।
निर्वाचन आचारसंहिताकाे गम्भीर उल्लंघन गर्दै क्षेत्रका विभिन्न ठाउँमा विकास आयाेजनाहरु दिने , साधन स्रोत उपलब्ध गराउने लगायत नगद बाड्ने प्रयास गरेपनि स्थानीयकाे अबरोधका कारण सफल हुन सकेन ।
भिडियो








































