Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:५५ बिहान
- ADVERTISEMENT -

१७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिता सुरु

प्रकाशित मिति: २०७६ मंसिर १३, शुक्रबार

595
Shares

काठमाडौंँ, १३ मङ्सिर २०७६। अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तकला व्यवसायीलाई सरकारले दिँदै आएको सहुलियतपूर्ण ब्याजको ऋण उपयोग गरेर निर्यात बढाउन आह्वान गर्नुभएको छ ।

नेपाल हस्तकला महासङ्घद्वारा भृकुटीमण्डपमा बिहीबारबाट आयोजित १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री खतिवडाले भन्नुभयो, हस्तकलाको निर्यात त्यति ठूलो हुन सकिरहेको छैन ।

अदृश्य निर्यातलाई अध्ययन गरिरहेका छौँ । उत्पादन बिक्री तथा निर्यात ठूलो छ तर व्यवस्थित रेकर्ड छैन त्यसैले निर्यात बढाउने लक्ष्य बनाऔँ । कसले के गर्ने हो जिम्मेवारी तोकौँ । ठोस येजनासहित बसौँ, तपाईंहरू मन्त्रालयमै आउनुस् ।

हस्तकलालाई प्रतिस्पर्धी बनाएर कलाको जर्गेना गरी व्यापारीकरणमार्फत लाभ लिन अन्तर्राष्ट्रिय बजारमा जानुपर्ने मन्त्री खतिवडाको भनाइ छ । सरकारले बजेटमा कपास, ऊन र रेशम खेतीलाई प्राथमिकता दिएर काम अघि बढाइएको उहाँले चर्चा गर्नुभयो । मन्त्री खतिवडाको भनाइ छ, उत्पादन प्रक्रियाको अनुदान हो वा मूल्य अभिवृद्धिको अनुदान हो या के मा हो ? हस्तकलाको निर्यात बढाउने सवालमा सरकारले के कस्तो सहयोग गर्न जरुरी छ, ठोस योजना बनाएर आउनुहोस् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले निर्यातलाई सहज र सरल बनाउँदै लगेको उहाँले जानकारी दिनुभयो । त्रिपुरेश्वरमा सार्क हस्तकला प्रदर्शनीस्थल निर्माण अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले गत वर्ष नेपालबाट साढे पाँच अर्ब रुपियाँको हस्तकला सामान निकासी भएको बताउनुभयो ।

वार्षिक १३ अर्ब रुपियाँको कारोबार हस्तकलाको क्षेत्रमा भएको र वार्षिक ११ लाख जनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको उहाँको भनाइ छ ।

कार्यक्रममा मेलाका संयोजक धर्मराज शाक्यले उद्यमी कालिगढबाट उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र हस्तकलाको प्रवद्र्धन गर्न हरेक वर्ष मेला आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार मेलामा सातवटा प्याविलियनसहित दुई सयवटा स्टल पनि रहेका छन् । उत्कृष्ट प्याविलियनलाई एक लाख र उत्कृष्ट स्टललाई २५ हजार पुरस्कार प्रदान गरिने छ ।

मेलाबाट १० करोड रुपियाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोर, चेम्बर आफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति केके बज्राचार्यलगायतले बोल्नुभएको थियो । मेला मङ्सिर १६ गतेसम्म सञ्चालन हुने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -