धादिङ, ११ मङ्सिर २०७६ । यहि मंसिर १३ गतेबाट शुरु हुने धादिङ कृषि पर्यटन तथा ब्यापार मेलाको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री एंव संघिय सांसाद गगन थापाले गर्नुहुने भएको छ ।
मेलाको आयोजना शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्थाले गर्न लागेको हो । प्रखर बक्ता र चिन्तकको रूपमा चिनिएका थापा मेलामा आउनुहुने कार्यक्रम तय भएपछि मेलाको रौनक नै बदलिएको छ ।
आयोजक संस्था शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्थाकी अध्यक्ष कल्पना अधिकारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अधिकारी धादिङको पहिलो मेलादेखी नै महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरि सक्नुभएको भएको छ ।
धादिङ उद्योग बाणिज्य संघले आयोजना गरेको एउटा महोत्सबको उहाँले नेतृत्व गरिसक्नुभएको छ ।
महिलाको नेतृत्वमा संचालित सहकारी संस्थाले मेलाको आयोजना गर्न लागेको हुनाले पनि यो मेलाको चौतर्फी बहस र चर्चा भैरहेको छ ।








































