दाङ, ८ मङ्सिर २०७६ । नेकपाका दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेस प्रवेश गराएका छन् ।
प्रवेश हुनेहरुमा नेता बलबहादुर बस्नेतको नेतृत्वमा कुलबहादुर वली, टेकबहादुर विक, मनिराम बुढाथोकी, बलबहादुर बुढा, भद्रबहादुर बुढाथोकी, राजकुमार बुढाथोकी, तिलक घर्ती, टोपेन्द्र बुढाथोकी, मंगलसिंह बुढा, मिनबहादुर कुँवर, जोगबहादुर घर्ती, तिलक बस्नेत, पूर्णबहादुर घर्ती, वीरबहादुर बुढाथोकी, तिलकबहादुर घर्ती, वेलमती पुन, गौसरी पुन, पनिता वली, पूर्णकला परियार, निमकुमारी बुढाथोकी,यज्ञ बुढाथोकी लगायत चार दर्जन नेता कार्यकर्ता रहेका छन् ।
आज आइतबार दाङको दुर्गम बस्तिहरु पन्चकुले, ढोलपुर र मलईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सहमहामन्त्री डा. महतले कम्युनिस्टले जनतालाई झुटा आश्वासन दिएर प्रलोभन देखाउने गरेको कुरा पुष्टि भइसकेको बताउनु भयो । ‘कांग्रेसले झुट बोल्दैन, जे बोल्छ त्यो गर्छ,’ नेता महतले भन्नुभयो, ‘कम्युनिस्टले कुरा एउटा काम अर्कै गर्छन् ।
सुशासनका गफ दिएर देशमा भ्रष्टाचार र बलात्कार बढाएका छन् । जनतालाई सुरक्षा छैन ।’ कम्युनिस्टको बढ्दै गएको मनपरी नियन्त्रण गर्न कांग्रेस दाङको उपनिर्वाचममा नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार केशवराज आचार्यलाई मतदान गरी जिताउन उनले आह्वान गरेका छन् । दाङमा प्रवेश गरेका नव प्रवेशी हरु पनि कांग्रेस उम्मेदवार केशवराज आचार्यलाई जिताउन प्रचारप्रसार जुटेका छन ।








































