म्याग्दी, २०७६ साल मङ्सिर ८ गते आइतबार । नेपाल राष्ट्रिय मगर संघको प्रथम गाउपालिका अधिबेशन सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय मगर संघको संगठन बिस्तार गर्न संचालित “समाज रुपान्तरणका लागि लोकतन्त्र अभियान” अन्तर्गत नेपाल राष्ट्रिय मगर संघ म्याग्दी जिल्ला समितिले जिल्लाका पालिका अधिवेशन सम्पन्न गरेको हो ।
नेपाली कांग्रेस म्याग्दी सभापति खम बहादुर गर्बुजा (खम्बिर) को प्रमुख आतिथ्यतामा प्रथम मालिका पालिका अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिबेशन उदघाट्न समारोहलाई सम्बोधन गर्दै सभापति खम बहादुर गर्बुजाले मगर समुदायले आफ्नो पहिचान जोगाउन सक्रियता बढाउनु पर्ने बताउनु भयो साथै नेपाली कांग्रेसले मगर समुदायको नेतृत्व विकास गर्दै पार्टी र राज्यका विभिन्न तहमा स्थापित गराउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
प्रथम मालिका अधिवेशनले मोहन बहादुर पुन मगरको सभापतित्वमा उपसभापतिमा तुकमान जुग्जाली मगर, सचिबमा योगेन्द्र रोका मगर, सह-सचिवमा तारा रोका मगर, कोषाध्यक्ष बालकुमारी फगामी मगर चयन गरिएको छ ।
त्यसैगरी, सदस्यहरुमा तम बहादुर पुन मगर, नरदेवी पुन मगर, रेशम पुन मगर, जमानसिह घर्ती मगर, रुपदेवी घर्ती मगर, किरण थापा मगर, हर्कमान जुग्जाली मगर, देवि बुढा मगर र हरि प्रकाश पुन मगर रहेकोे पालिका समिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।
कार्यक्रम संघको जिल्ला सभापति हिरा पुन मगरको अध्यक्षतामा, सचिब तुलसी पुर्जा मगरको संचालन गर्नु भएको थियो ।








































