पोखरा, ८ मंसिर २०७६ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशन पोखरामा जारी छ ।
शुक्रबारदेखि पोखरामा सुरु भएको महाधिवेशनबाट प्रतिष्ठानले नयाँ नेतृत्व पाउनेछ । आइतबार विभिन्न पदका लागि मतदान हुँदैछ ।
अध्यक्ष पदका लागि गीतकार रमेश बि.जी. र गायक विष्णु खत्री प्रतिस्पर्धामा छन् भने वरिष्ठ उपाध्यक्षसहित ११ पदमा भने निर्विरोध निर्वाचित भएका थिए । आइतबार भने अध्यक्ष लगायत कोषाध्यक्ष, सहकोषाध्यक्ष, सचिव (प्रशासनिक) र सचिव (खुल्ला) पदका निर्वाचन भइरहेको छ ।
निर्विरोध निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्ष रीता थापा मगर, प्रथम उपाध्यक्ष पशुपति शर्मा, द्वितीय उपाध्यक्ष रामजी खाँण, महिला उपाध्यक्ष राधिका हमाल, तृतीय उपाध्यक्ष दीपक खड्का, महासचिव सुवास के.सी., उपमहासचिव शंकर बि.सी. र शिव हमाल तथा साङ्गठनिक सचिव खुमन अधिकारी रहेका छन् । त्यस्तै महिला सचिवमा जमुना राना मगर, सहकोषाध्यक्षमा पूर्णकला बि।सी। पनि निर्विरोध निर्वाचित पदाधिकारी हुन् ।








































