टोकियो, ६ मंसिर २०७६ । सुर्य कर्पोरेशनले आयोजना गर्न लागिएको दोश्रो सुर्य ईन्टरनेशनल अवार्ड २०१९ को तयारी पुरा भएको छ ।
अवार्डका लागि ७ जना कलाकार सहितको टोली जापान आईपुगका छन् भने (शुक्रवार) आजैमात्र ५० बढि कलाकारहरु जापानका लागि नेपालबाट प्रस्थान गरिसकेका छन् ।
जापानमा सबैभन्दा बढि कलाकारहरु उपस्थित भएर भव्य रुपमा हुन लागेको कार्यक्रम मध्य यो ऐतिहासिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
विदेशमा हुने फिल्म अवार्ड मध्ये यो सबैभन्दा ठूलो अवार्ड हो । अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, रिषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो लगायत २ दिन अघि नै जापान आईसकेका छन् भने आजै (शुक्रवार) नेपाल एयरलाईन्सबाट ५० बढि कलाकारहरुको जम्बो टोली जापान प्रस्थान गरेका छन् ।
जापान आउने कलाकारहरुमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का, दिपा श्री निरौला, राजश पायल राई, बर्षा राउत, कमल खत्री, बुद्धि तामान हैट, सन्दिप क्षेत्री, मञ्जु पौडेल, टिका प्रसाई, दिपेन्द्र लामा, रोहित अधिकारी, सुवास थापा, नरेश भट्टराई, लक्ष्मण सुवेदी, शुशिल पौडेल, प्रदिप कार्की, सुमन गिरी भान्जा, श्रीधर पौडेल, कुवेर डंगोल, विजय बस्याल लगायतका ५३ जनाको टोली जापानका लागि प्रस्थान गरिसकेका छन् ।
यस पटक भव्य अवार्डसँगै भोली पल्ट क्रुज पार्टि, अन्तरक्रिया कार्यक्रम लगायतका अन्य विभिन्न कार्यक्रमहरु हुनेछ ।
नेपाल एयरलाईन्सको प्रचार प्रसारदेखि भिजिट नेपाल २०२० र पर्यटन प्रवर्द्धनलाई पनि यसले टेवा पुग्ने आशा गरिएको छ ।
त्यसैगरी, उक्त अवार्ड समारोहले नेपाली चलचित्रको प्रचार प्रसार तथा प्रवर्द्धन जापानमा गर्नेमा आयोजक पक्ष विस्वस्त रहेका छन् । अवार्ड समारोहका लागि आयोजक पक्षले जापानमा रहनुभएका सबै नेपाली महानुभावहरुलाई उपस्थित हुन आग्रह समेत गरिएको छ ।
एतिहासिक दोश्रो सुर्य ईन्टरनेशनल अवार्ड २०१९ टोकियोको नाकानो जिरो हलमा आउँदो आईतवार अर्थात नोभेम्वर २४ मा साँझ ६ बजेबाट सुरु हुने छ । कार्यक्रमका लागि आयोजक पक्षले डिपेण्डेन भिषाका लागि निशुल्क प्रवेशको अवसर पनि छुटाईएको छ । डिपेण्डन भिषाका लागि प्रमाणित डकुमेन्ट देखाएर निशुल्क प्रवेश गर्न पाउँनेछन् ।
झण्डै १२ सय दर्शकलाई उपस्थित गराउने लक्ष्य रहेको आयोजक पक्षले अहिलेसम्म ७ सय ९५ बढि टिकट बुक भईसकेको जानकारी गराएका छन् ।








































