Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०५:३५ बिहान
- ADVERTISEMENT -

प्रतिष्ठानको सातौं केन्द्रीय महाधिवेशनको तयारी पूरा

प्रकाशित मिति: २०७६ मंसिर ५, बिहीबार

1183
Shares

पोखरा, ५ मङ्सिर २०७६ । सुन्दर नगरी पोखरामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ७ औ  केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशन पोखरामा मङ्सिर ६ गतेदेखि ८ गतेसम्म हुने मुल आयोजक समितिले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा महाधिवेशन मुल आयोजक समितिका संयोजक बद्रि पँगेनीले महाधिवेशनको तयारी सकिएको जानकारी दिनु भयो । बिहान ११ बजे पाेखरा चिप्लेढुङगाबाट झाँकी -र्याली सहित महेन्द्र पुल, नयाँ बजार हुदै पोखराको प्रदर्शनी केन्द्रमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङले दिउसाे १ बजे उद्घाटन गर्ने कार्यक्रम तयारी गरिएको छ ।

त्यसैगरी, पोखरा सभागृहमा बन्दसत्र र निर्वाचन हुने कार्यक्रम रहेको छ । महाधिवेशनमा मुलुकका ५८ जिल्लाका प्रतिनिधि र उपत्यका समन्वय समिति सहित १३ सय १० जना मतदाता रहेका छन् ।

यस अघि ४५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरिएकोमा अहिले बिधान समितिमा लग ५५ जनाको कार्यसमिति निर्वाचित गरिने  अध्यक्ष बद्री पंगनीले जानकारी दिनुभयाे ।

प्रतिष्ठानको नयाँ नेतृत्वको लागि लोक गीतका सर्जक एवं लाेक दाेहाेरी गायक रमेश बिजी र लोक गायक विष्णु खत्रीले औपचारिक रूपमा अध्यक्षमा उमेदवारी घोषणा गर्नु भएको छ ।

त्यसैगरी, विभिन्न पदमा पनि विभिन्न जिल्लाका पदाधिकारी तथा गायक गायिकाले आफ्नो उमेदवारी घाेषणा गरेका छन् भने केही कलाकारहरूले भने उमेदवारी घाेषणा गर्ने बाँकी रहेकाे आयोजकले जनाएको छ ।

नयाँ कार्यसमितिका लागि चार महिनादेखि सहमतिको प्रयास भएको तर सहमति हुन नसके निर्वाचन प्रकृयामा जानु परेको अध्यक्ष बद्री पंगनीले जानकारी दिनुभयो ।

निर्वाचन हुने अवस्था आएमा मतदातालाई फोटो सहितको नामावलीको व्यवस्था गरिएको र यस्तो व्यवस्थाले निर्वाचनलाई निष्पक्ष बनाउने उहाँकाे दावी छ । महाधिवेशन सम्पन्न गर्न ७६ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको छ ।

त्यसैगरी, महाधिवेशनकाे अबसर पारीपुर्व अध्यक्ष एवं कलाकार कल्याणकारी काेषका परीकल्पनाकार दुर्गा रायमाझी, लाेक दाेहाेरी गायिका लक्ष्मी सुवेदी,पत्रकार हेमराज अधिकारीलाई सम्मान गरिने लगायत बाध्यबाधक ,हास्य क्षेत्रकाे पनी आकर्षण बढाउने कार्यक्रम समेत रहेको छ ।

कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले स्वागत मन्तब्य र सचिव राजन कार्कीले कार्यक्रम संचालन गर्नु भएकाे थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -