भक्तपुर, ३ मंसिर २०७६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यो उपनिर्बाचन मतदाताको लागी सरकारको मध्याबदी मुल्यांकनको अबसर भएको उल्लेख गर्नुभयो ।
उहाँले वर्तमान सरकारप्रतिको असन्तुष्टि पोख्न पनि मतदाताहरुले नेपाली कांग्रेसलाई भोट दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

आज मंगलवार भक्तपुरको ताथलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले नेकपा नेतृत्वको सरकारबाट भइरहेका गलत गतिविधिबाट जनता आजित भएको सन्देश दिन मतदाताहरु समक्ष आग्रह गर्नुभयो ।
सरकार दुइतिहाको आड्मा स्बइच्छाचारी बन्दै छ यसलाई स्वीकार्ने कि सस्च्याउने मतदातामा निभर छ “अब पनि नेकपाले जितेको खण्डमा दुई तिहाईको दम्भ सहित सरकारबाट भएका गलत क्रियाकलापप्रति जनता सन्तुष्ट रहेछन् भन्ने सन्देश जान्छ ” पौडेलले भन्नुभयो ।

वर्तमान सरकारका गलत गतिविधिलाई रोक्ने कि अनुमोदन गर्ने भन्ने गहन जिम्मेवारी मतदाताको काँधमा आएको भन्दै नेता पौडेलले विवेक प्रयोग गर्दै आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।
बेरोजगारी, महंगी, भ्रष्टाचार, असुरक्षा लगायतका समस्याबाट जनता आजित भएको भन्दै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान काग्रेसको विकल्प नरहेको बताउनु भयो ।








































