काठमाडौं, २८ कात्तिक २०७६ । नेपाल कम्युष्टि पार्टी ‘नेकपा’का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले सरकारमा रहेका केही अटेर र राम्रो प्रगति विवरण देखाउन नसकेका मन्त्रीहरुको राजीनामा माग्ने र उनीहरुको सट्टामा नयाँ मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका छन् ।
सरकारले मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी भइरहेको बेला पूर्व-उपप्रधानमन्त्री समेत भइसकेका नेता भीम रावललाई पनि मन्त्री बनाउने चर्चा चलिरहेको छ ।
नेता रावल नेकपाका स्थायी कमिटी सदस्य एवं सुदुरपश्चिम प्रदेश इन्चार्ज समेत हुन् ।
उनी राष्ट्रिय हित र देश विकासका लागि पार्टी र सरकार दुबै विरुद्ध कडा रुपमा प्रस्तुत भइरहन्छन् । स्रोतका अनुसार नेकपाका शिर्ष नेताहरुले सरकारमा रहेका केही मन्त्रीहरु हटाउने र नयाँ नेतालाई मन्त्री बनाउने चर्चा यति बेला विद्यमान छ ।
यसैगरी, सरकारको आलोचना गरिरहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसा र जनार्दन शर्मा र सरकारसँग नरम रहेका फम्फा भुसाल, देवेन्द्र पोडेल र छबिलाल विश्वकर्मा मन्त्री बन्ने सम्भावना छ ।








































