काठमाडौं, २८ कात्तिक २०७६ । सरकारले नुवाकोट र गोरखा जिल्लामा आवास निर्माणका लागि ने.रु. ३ अर्ब १० करोड (२७.९ मिलियन अमेरीकी डलर) नेपाल सरकारलाई प्रदान गरेको छ ।
बुधबार भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्था उक्त रकम प्रदान गरेको हो ।
नेपालको नुवाकोट तथा गोर्खा जिल्लाका ५०,००० निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले क्रण व्यवस्था (एलओसि) मार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो ।
यसका अतिरिक्त भारतले यी घरहरुको निर्माणका लागि अनुदान स्वरुप १०० मिलियन अमेरीकी डलर उपलब्ध गराउने प्रतिबद्घता गरेको थियो । भारतले हालसम्म घरधनीहरुलाई पहिलो र दोस्रो किस्ता गरी ने.रु. ६ अर्ब ९६ करोड (६९.६ मिलियन अमेरीकी डलर) प्रदान गरिसकेको छ ।
घरधनीहरुलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्नका लागि भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको छ ।
नेपालमा भूकम्प पश्चातको पुन:र्निमाण परियोजना सम्पन्न गर्न नेपाली जनता तथा नेपाल सरकारलाई निरन्तर सहयोग गर्न भारत सरकारले प्रतिबद्धता ब्यक्त गरेको छ।








































