Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३७:१० दिउँसो
- ADVERTISEMENT -

कास्कीमा कांग्रेसका सबै संगठन चुनावी मैदानमा

प्रकाशित मिति: २०७६ कात्तिक २६, मंगलबार

628
Shares

पोखरा, २६ कात्तिक २०७६ । नेपाली कांग्रेस कास्कीले पार्टीका सबै भातृ समिति तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाएको छ । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, दलित संघ, किसान संघ, जनजाति संघ, भूपू कर्मचारी संघलगायतका सबैलाई चुनावमा खटाएको छ ।

सबै संघ–संगठनले भेलामार्फत प्रचार समिति गठन गरेर चुनावमा होमिएको छ । यो चुनावमा कांग्रेसका भातृ समितिमा आवद्ध नेता कार्यकर्ता पनि निकै उत्साहित बनेका छन् । सबैले यस पटक केही गरेर देखाउने भन्दै चुनामा होमिएका छन् । संगठन प्रमुखहरूले आआफ्ना नेता कार्यकर्तालाई सबै मतदाता समक्ष १ पटक अनिवार्य भेट्न निर्देशन दिएका छन् ।

नेपाल महिला संघ कास्कीकी सभापति एवं चुनाव प्रचार समितिका संयोजक कोपिला रानाभाटले महिला संघ लगायत सबै संगठनका नेता कार्यकर्ताले सबै मतदातालाई १ पटक अनिवार्य भेट्नुपर्ने भनेर निर्देशन दिइएको बताइन् । ‘पार्टीको निर्देशन अनुरुप हामी पनि समिति निर्माण गरि मतदाता भेट्घाट अभियान तीव्र बनाएका छौं । यो पहिलो चरणको कार्यक्रम हो । मतदाताका गुनासा सुन्ने र पार्टीको नीति मतदातामा पस्कने काम अहिले भएको छ ।’ त्यस पश्चात् मतदाताका समस्या पार्टीमा राख्ने र सोही बमोजिमको घोषणापत्र लिएर पुनः टोलटोलमा पुग्ने लक्ष्य रहेको उनले बताइन् । ‘यतिबेला कांग्रेसका सबैमा उत्साह छाएको छ, सबै चुनावमा परिचालित भएका छन्’, रानाभाटले भनिन् ।

कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार अभियानका मूल संयोजक कृष्ण केसीले शरीरका सबै अंग चलेजसरी कांग्रेसका नेता कार्यकर्ता खटिएको बताए । उनले यो चुनावमा सबै नेता कार्यकर्ता उत्साहित भएको भन्दै कांग्रेसको पक्षमा माहोल राम्रो देखिएको बताए ।

उनले भने, ‘कम्युनिष्ट रवैयाले जनता आक्रान्त थिए । कम्युनिष्ट र कांग्रेस बीचको फरक जनताले बल्ल बुझे । यसले कांग्रेसप्रति विश्वास बढेको छ ।’ उम्मेदवारका कारणले पनि कांग्रेसको माहोल राम्रो देखिएको सभापति केसीले बताए ।

कांग्रेसका नेता कार्यकर्ता अहिले जत्तिको उत्साहित र सक्रिय भएको आफूले कहिल्यै नपाएको उनले स्पष्ट पारे । कांग्रेसले कास्की २ मा नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेस कास्कीले निर्वाचन प्रचार अभियान अन्तर्गत घरदैलो कार्यक्रम तीव्र बनाएको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत घरदैलो अभियान सोमबार सबै वडामा जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -