Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४१:२० बिहान
- ADVERTISEMENT -

शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘जन्मसताब्दी’ सम्मान

प्रकाशित मिति: २०७६ कात्तिक २६, मंगलबार

720
Shares

काठमाडौं, २६ कात्तिक २०७६ । विश्वकीर्तिमानी गीतकार डा। डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक गरिएकोछ । सोमबार कमलपोखरी स्थित रुसी साँस्कृतिक केन्द्रमा आयोजित एक समारोहमा बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ गायिका ज्ञानु राणा, हाँस्यसम्रागी बसुन्धरा भुसाललगायतले सामुहिक रुपमा एल्बमहरु सार्वजनिक गरे ।

सार्वजनिक भएका एल्बम ‘अन्जान तिर्खा’, ‘सुधारस’, स्वर्गघर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभुतिको मझेरीमा’ रहेका छन् । कार्यक्रममा गीतकार डिआरका एक उपन्यास ‘सपनाकी रानी’ र ८ उपन्यासहरुको संगालो एउटै पुस्तक समेत सार्वजनिक भयो ।

कार्यक्रममा बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ५१ हजार नगद सहित दोसल्ला र ‘जन्मसताब्दी अभिनन्दन २०७६’ ताम्रपत्रद्धारा ‘सम्मान गरिएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरे र बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको हातबाट एल्बम सार्वजनिक गर्ने भनिएपनि राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थताका कारण कार्यक्रममा उपस्थिति हुन सकेनन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भने ५१ हजार नगद सहितको ‘शतबार्षीकी अभिनन्दन २०७६’ सम्मान उहाँकै निवासमा गएर गरिएको आयोजकले जानकारी दियो ।

सोही अवसरमा हाँस्य सम्रागी बसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानु राणा समेत सम्मानित भए ।

कार्यक्रममा शताब्दी पुरुष जोशीले डा। डीआरले नेपाली गीत सङ्गीतलाई विश्वमा चिनाउने महत्वपुर्ण काम गरेको बताए । उनको डीआरका कार्यको प्रसंसा गर्दै चर्चा योग्य काम गरेको बताए ।

जोशीले डिआरलाई बधाई दिदै लेखनमा जोश जागर अझै बढेर जाओस् र अन्य धेरै कीर्तिमान कायम होस् भन्ने समेत कामना समेत गरेका थिए । त्यस्तै सङ्गीतकार सन्तोष श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्दै डीआरको संगीतिक यात्राको चर्चा गरेका थिए ।

कार्यक्रममा युथ क्रिएशन म्युजिक प्रा।लिको तर्फबाट डा।डीआर उपाध्यायलाई म्युजिक क्रिएशनका अध्यक्ष रमेश थापा र सल्लाहकार कृष्ण भुसालले दोसल्ला र ताम्रपत्रले सम्मान समेत गरे ।

०७५ साल मंसिरमा एकसाथ ७ गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड राखेका डा। डीआरका यसअघि ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ गरी ११ एल्बम सार्वजनिक भएका छन् ।

उनका हालसम्म ‘वज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘विटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’ र ‘सपनाकी रानी’ प्रकाशित कृति हुन् ।

गीत लेखेर बिभिन्न कीर्तिमान कायम गरेका डा। डीआरले सोही कार्यक्रममा आठ वल्र्ड कायम भएका छन् । कार्यक्रममा एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर निर्देशक मधुरा श्रेष्ठले उनलाई ८ वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

उनले कायम गरेको ८ वल्र्ड रेकर्डमा २४ फरक गीत १२ मेजर १२ माइनर स्केलमा एउटै एल्बममा, ५ फरक सङ्गीतकारले सङ्गीत गरेको एउटै गीत, अधिकांस हिन्दू देवी देवताको नाम राखेर बनाइएको गीत, एउटा एल्बममा सबै गीत सेभेन्थ कड्स, सबैलाई स्वस्थ राखौ भन्ने योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धि गीत जसमा ७१ वर्ष र ५ वर्षकी गायिकाको स्वर, अत्यधिक हिमाललाई समेटेर पर्यटन वर्ष २०२० लाई लक्षित गीत र १६ महिनामाा १८ एल्बम सार्वजनिक रहेका छन् ।

यसअघि डा। डीआर उपाध्यायले ६ वल्र्ड रकेड राखेका थिए । अहिले उनको जम्मा वल्र्ड रेकर्डको संख्या १४ पुगेको छ ।

बिभिन्न सांगीतिक तामझामका साथ आयोजित कार्यक्रममा गायक गायिकाहरु सागर अधिकारी ‘शरद’, नरहरि प्रेमी, योगेश काजी, राज सगर, मनोज राज र सारिका घिमरेले एल्बका गीत प्रत्यक्ष प्रस्तसु गरेर उपस्थित सबैलाई गीत संगीतमा झुमाउने काम गरे ।

वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डन, मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्ड लगायत विभिन्न देशबाट रेकर्डको प्रमाणपत्र प्राप्त गरेका डीआरले सबै रेकर्डको प्रमाण पत्र कार्यक्रममा प्रदर्शन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -