काठमाडौं, २३ कात्तिक २०७६ । टुँडिखेललाई अतिक्रमण मुक्त बनाउन ‘अकुपाई टुँडिखेल’ नाम दिएर शुरु भएको अभियानमा सर्वसाधारण जनतादेखि, जनप्रतिनिधि, वुद्धिजिवी तथा प्रतिनिधि सभा सांसदहरुको उपस्थिती रहेको थियो ।
मानव साङ्लो बनाएर उक्त अभियान सुरु भएको छ । विहान ८ बजेको थियो । पाँच सय भन्दा बढी मानिसहरु भेला भएका थिय । हातमा पम्पेल्ट थियो । कसैले ढाड र छातीमा टालेका थिय। नारामा लेखिएको थियो –‘खुल्लामञ्च विक्रीमा छैन ।’ यस्तै कसैले टुँडिखेल खुल्ला गर लेखेको नारा सहितको पम्पेल्ट बोकेका थिय कसैले ‘पूर्खाको नासो जनताको हक’ लेखिएको पम्पेल्ट बोकेका थिए ।
अभियानमा सहभागी भएको तस्बिर सहित आफ्नो टुइटरमा कांग्रेस केन्द्रिय सदस्य एबम अभियान्ता प्रदीप पौडेल टुइट गर्दै -” टुँडिखेललाई रानीपाेखरी देखि रंगशाला सम्म कायम गर्नुपर्छ । सरकारी र अन्य अतिक्रमणबाट मुक्त गरेर खुल्ला मैदानकाे रुपमा सुरक्षित गर्ने उद्देश्यले जनस्तरबाट अतिक्रमित टुँडिखेल क्षेत्रकाे संरक्षण गर्न सरकारलाई दवाव दिन “अकुपाई टुँडिखेल” अभियान सुरु भएकाे छ । अभियानलाई सार्थक बनाऔं! “









































