Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०५:३४ बिहान
- ADVERTISEMENT -

गोरखा क्षेत्र नम्बर १ को रकम बाँडफाँड

प्रकाशित मिति: २०७६ कात्तिक २२, शुक्रबार

944
Shares

गोरखा, २२ कात्तिक २०७६ । स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत गोरखा क्षेत्र नम्बर १ को रकम बाँडफाँड भएको छ । सांसद हरिराज अधिकारीको संयोजकत्वमा रहेको समितिले ६ करोड रुपैयाँ विभाजन गरेको हो ।

पूर्वाधार बिकास तर्फको सडक, सामुदायिक भवन निर्माण, खानेपानी लगायतका शीर्षणमा बजेट विनियोजन गरिएको छ । ‘स्थानीयको चाहना र आवश्यतालाई मध्येनजर गरी रकम बाँडफाँड गरेका छौं’, ‘स्थानीय तहको सुझावलाई पनि हामीले ग्रहण गरेको अबस्था छ ।’ सांसद अधिकारीले भन्नुभयो ।

नेता कार्यकर्ता केन्द्रिय बजेट बिनियोजन गर्ने संस्कारबाट आफू पनि मुक्त हुन नसकेको भन्दै उहाले आगामी दिनमा यसलाई सच्याउदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो। ‘हो स्वभावैले त्यो कुरा हुन्छ नै’, ‘मैले अझै तिन वर्षको रकम वितरण गर्नु छ । भएका कमि कमजोरी बिस्तारै सच्याउदै लैजाने सोच बनाएको छु ।’ भन्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे, गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, आरुघाट गाउँपालिका पुर्णबहादुर दाहाल, शहिद गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ र चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ सहित जिल्लामा क्रियाशिल राजनितिक दलका नेताहरुसँग सांसद अधिकारीले परामर्श लिनुभएको थियो ।

क्षेत्र नम्बर १ का सात स्थानीय तहका कुल ३४ वटा योजनामा उक्त बजेट विनियोजन गरिएको छ । गण्डकी गाउँपालिका २ को ठुटेपिपल पाथीस्वाँरा घ्याप्रिङगाउँ दलभञ्जाङ सडक, शहिद लखन गाउँपालिकाको ५, ६ र ७ को बुंकोट देउराली रानास्वाँरा चिसोपानी तिनमाने सडक, भीमसेन थापा गाउँपालिका ६, ७ र ८ को अंश्राङ रिप अमला भञ्जाङ नारायणपुर हेल्थपोष्ट सडक, आरुघाट गाउँपालिका ४ को आरखेत थुमी गणेश मावि बासपुर मालस्वाँरा सतिडाँडा सडक, धार्चे गाउँपालिका ५ र ७ को गुम्दा पौटु लापु सडक, गोरखा नगरपालिका ५ को गोरखा क्याम्पस नाङ्लेपानी सानो रिप अमराई बेनीखोला सडक स्तरोन्नतीको लागि क्रमश ५०÷५० लाख बजेट बिनियोजन गरिएको छ ।

त्यसैगरी, चुमनुब्री गाउँपालिका २ को ल्हो हेलिप्याड र हेलिप्याडसम्म जाने मुलबाटो निर्माणको लागि १५ लाख र वडा नम्बर ३ को बुद्ध आवासिय मावि सिद्धिबासको गेट निर्माणको लागि १० लाख छुट्याइएको छ । त्यस्तै चुमनुब्री गाउँपालिका ६ चुम्चेतको सिम्चेतमा सामुदायिक भवन निर्माण, वडा नम्बर ४ को प्रोक सामुदायिक भवन निर्माण, धार्चे गाउँपालिका ४ को लाप्राक आमा समूह भवन निर्माण र वडा नम्बर ५ को यमगाउँ महिला सामुदायिक भवन निर्माण, २ को रुन्चेत सामुदायिक भवन निर्माण, ५ को सिङ्ला सामुदायिक भवन निर्माणका लागि बजेट बिनियोजन गरिएको छ ।

त्यसैगरी, भीमसेन थापा गाउँपालिका ५ को सहिद स्मृती भवन तथा पार्क मर्मत, वडा नम्बर ३ को दलित बस्ती सामुदायिक भवन निर्माण, ४ को काशीखोला भगवती मावि सडकको नाला निर्माण, १ सपुङ्गे तालखोला सडक स्तरोन्नती, शहिद लखन गाउँपालिका ६ को हिमालय युवा क्लवको सामुदायिक भवन निर्माण, ७ को मकैपुर भण्डारीगाउँ सामुदायिक भवन निर्माण र ८ को हाडेखोला चौरमन्दिर नजिक सामुदायिक भवन निर्माणको लागि क्रमश १०÷१० लाख रकम बिनियोजन गरिएको छ ।

यसैगरी, शहिद लखन गाउँपालिका १ को बक्रेश्वरी माविको गाहो सहित उकास्ने, वडा नम्बर ९ को जनशक्ति माविको खेलमैदान निर्माण, गण्डकी गाउँपालिका १ को विजय भवानी माविको कम्पाण्ड निर्माण, २ को भलाया डाँडा महिला सामुदायिक भवन निर्माण, ८ को बेनीगाउँ चण्डिभञ्जाङ युवा क्वलको सामुदायिक भवन निर्माण, गोरखा नगरपालिका २ को ताप्ले तल्लो कोखे खानेपानी योजना निर्माण, ६ को पर्यटन सूचना केन्द्र निर्माण, ३ को नारेश्वर दलित कृषक सेवा समाज समूह भवन मर्मत, आरुघाट गाउँपालिका ५ को स्थानिका आधारभूत विद्यालयको कम्पाण्ड निर्माण, ८ को ग्यापिन थोक साततले भिर पिपलडाँडा सडक स्तरोन्नती र ९ को आरुटार खेलकुद मैदान निर्माणको लागि पनि क्रमश १०÷१० लाख रकम विनियोजन गरिएको छ ।

धार्चे गाउँपालिका ५ को माछिखोला सामुदायिक भवन मर्मतका लागि १५ लाख, गण्डकी गाउँपालिका ५ को रानीस्वाराँ सामुदायिक भवन निर्माण गर्न १४ लाख ६० हजार र अनुसुचि ३ बमोजिम जिल्ला समन्वय समितिलाई ५ लाख ४० हजार प्रशासनिक खर्च गरी कुल ६ करोड रुपैयाँ विनियोजन गरिएको जिल्ला समन्वय समितिका दीपक गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -