गोरखा, १९ कात्तिक २०७६ । भिमसेन थापा गाउँपालिका र समाज बिकाश सहयोग सस्था गोरखाको आयोजनामा, धावा स्वास्थ्य चौकीको सहयोगमा, Woman for Woman foundation, The Natherlands\ WILDE GANZER को प्रयोजनमा नि:शुल्क स्वास्थ्य शिबिरको आयोजना हुने भएको छ ।
गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं: ४ बड्डाडा, धावा स्वास्थ्य चौकीमा यहि मङ्सिर १३ गते शुक्रबारका दिन स्त्री रोग विशेषज्ञ डाक्टरहरुबाट स्त्री रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य परीक्षण तथा उपचार हुने हुदा स्त्री रोगका बिरामीहरुले स्वास्थ्य परीक्षण गराउनु हुन सम्पूर्णमा अनुरोध गरिन्छ ।










































