Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:१७ बिहान
- ADVERTISEMENT -

गोरखाको  सोह्रकिलोमा बाख्रापालन तालिम केन्द्र सञ्चालन

प्रकाशित मिति: २०७६ कात्तिक १९, मंगलबार

3100
Shares

गोरखा, १९ कात्तिक २०७६ । गोरखामा बाख्रापालन तालिम केन्द्र सञ्चालन भएको छ । नेपाल सरकारबाट मान्यता प्राप्त उत्पादनमुखी बाख्रापालन तालिम केन्द्र तथा फर्म गोरखा नगरपालिका वार्ड नं ११ सोह्रकिलोमा संचालन गरिएको हो ।

आफ्नो रुची, सीप, योग्यता र क्षमतालाई प्रयोग गरी व्यवसायिक बाख्रापालन मार्फत स्वरोजगारबन्नुका साथै दिगो बाख्रा व्यवसायको प्रवद्र्धन र विकासका लागि शिक्षित युवाहरुलाई बाखापालन पेशामा आकर्षित गर्ने र प्रशिक्षित गर्ने उद्देश्यका साथ उक्त तालिम केन्द्र संचालन गरिएको तालिम केन्द्र तथा फर्मका सञ्चालक तारानाथ पोख्रेलले जानकारी दिनुभयो । तालिम केन्द्र तथा फर्ममा तालिम लिन, हेर्न र घुम्नका लागि नेपालीका साथै विदेशी पर्यटक समेत आउने गरेको उहाले बताउनु भयो ।

गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वार्ड नं ४ धावा स्थायी घर भई २० वर्ष विभिन्न संघसंस्थाका परियोजनाहरुमा काम समेत गर्नु भएका  तालिम केन्द्र तथा फर्मका सञ्चालक तारानाथ पोख्रेलले ग्रामीण विकासमा एम ए समेत गर्नु भएको छ ।

सरल, निडर, बोली र व्यवहारमा दृढ पोख्रेलले  विगत ११ वर्षदेखि आफ्नै गाउँ धावामा किसानहरुको आफ्नै पहलमा, लगानी र सक्रियतामा उत्पादनमुखी बाख्रापालन कार्यक्रमको नेतृत्व समेत गर्दै आइरहनु भएको छ । हाल उहा परियोजना व्यवस्थापकको जागिर छोडेर बाख्रा प्रवद्र्धनमा लाग्नु भएको हो । तालिम केन्द्र तथा फर्मबाट प्रदान गरिने व्यवसायिक बाख्रापालन तालिमको विशेषताका बारेमा पोख्रल भन्नुहुन्छ” हामी बाख्रापालनका व्यवहारिक र प्रयोगात्मक अभ्यासमा जोड दिने गर्दछौ । अनुभवी दक्ष प्राविधिक तथा विशेषज्ञहरुबाट तालिम सञ्चालन गराउदै आएका छौ । तालिम अवधिमा नै बाख्रापालन व्यवसायिक योजना निर्माण गराउँछौँ । सरकारी तथा निजी आधुनिक बाख्रा फर्महरुको अवलोकन भ्रमण गराउँछौँ, उहाले भन्नुभयो ।

त्यसैगरी, सहभागीहरुको नेतृत्व क्षमता विकासमा जोड दिई तालिम सञ्चालन गर्छौँ । सहभागीहरुलाई बाख्रा फर्म दर्ता प्रक्रिया साथै सरकारी निति नियम तथा कृषि अनुदान व्यवस्था र बैंकहरुबाट ऋण लिने प्रक्रियाका सम्बन्धमा जानकारी दिने गर्दछौ । साथसाथै बाख्रापालनका आधारभूत समग्र पक्षहरु जस्तै घाँस खेती र आहारा व्यवस्थापन, खोर निर्माण, बाख्रा छनोट, रोग किरा पहिचान, नियन्त्रण र उपचार साथै बजार प्रवद्र्धन आदिका बारेमा ज्ञान र सीप अभिवृद्धि गरी सहभागीहरुलाई व्यवसायिक बाख्रापालन गर्न सक्षम बनाउँछौँ र तालिम पछि पनि उनीहरुसित निरन्तर सम्पर्कमा रहिहन्छौँ र आवश्यक परामर्श प्रदान गर्छौँ, उहाले भन्नुभयो ।

तालिम केन्द्र तथा फर्ममा एक पटकमा १६ जनाको लागि खाने, बस्ने र तालिम लिने सुविधा उपलब्ध रहेक छ । तालिम हल, आवास, शौचालय लगायतको व्यवस्था गरिएको छ भने ५ दिने व्यवसायिक बाख्रापालन तालिमको एकमुष्ट शुल्क हामीले सात हजार लिने गरेका छौ, उहाले भन्नुभयो ।

फर्ममा हाल १००% को बोयर र सानन बोका तथा आफ्नै गाउँ धावाका किसानले उत्पादन गरेका बोयर क्रस बाख्रा गरी २५ वटा बाख्रा पालन गरेका छौ । स्मरणीय छ,  धावा बोयर बाख्राको स्रोत केन्द्र पनि हो । उहा भन्नुहुन्छ, बाख्रा  नभई कसरी बाख्रापालन सिकाउने ? त्यसैले बाख्रा पनि पालेको छु । बाख्रापालनबाट आम्दानी पनि भएको छ ।

प्राकृतिक र मानवीय स्रोत व्यवस्थापन गर्दै गाउँ र शहरलाई जोड्ने एक मात्र सेतु भनेकै बाख्रापालन हो । “बाख्रापालनमा गुणात्मक सुधार, आर्थिक समुन्नतिको बलियो आधार” । यो नै हाम्रो मूल मन्त्र हो । उहा भन्नुहुन्छ ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -