काठमाण्डौं, १६ कात्तिक २०७६ । गोरखाको लाप्राकमा हुने खाद्य बाली मकैको विवाह सम्वन्धी परम्परागत वृत्तचित्र फिल्म फेस्टीबलमा पर्न सफल भएको छ । उक्त वृत्तचित्र नेपाल अफ्रिका फिल्म फेस्टीबलका लागि छनौटमा परेको हो ।
मकैको विवाह सम्वन्धी उक्त वृत्तचित्रको निर्माण तथा निर्देशन गोरखाका पत्रकार भीमलाल श्रेष्ठले गर्नु भएको हो ।
मकैको विवाह सम्वन्धी वृत्तचित्र यसअघि वि विइल राइज फाउण्डेशनले गरेको मेरो गाउँ मेरो ठाउँ राष्ट्रिय वृत्तचित्र प्रतियोगितामा उत्कृष्ट स्क्रीप्ट अवार्ड पनि पाइसकेको छ ।
उक्त महोत्सवमा १३ वटा नेपाली वृत्तचित्र प्रर्दशन हुने भएको छ ।
आज शनिबारदेखि सोमबारसम्म नोभेम्वर २ देखि ४ सम्म राष्ट्रिय नाँचघर जमलमा हुने ३ दिने फेस्टीबलका लागि नेपाल सहित विभिन्न देशका गरी कूल २५ वृत्तचित्रको प्रर्दशनका लागि छनौट भएको आयोजकले जानकारी दिएको छ ।
नेपाल बाहेक नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, इजिप्ट, जिम्बाबे, नर्वे , जर्मनी लगायत देशका वृत्तचित्रहरु प्रर्दशनका लागि छनौट भएको छ ।








































