Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५०:५३ बिहान
- ADVERTISEMENT -

गण्डकी गाउँपालिकाको बजेट ४२ करोड ९५ लाख ८९ हजार ३ सय ८३

प्रकाशित मिति: २०७५ साउन २, बुधबार

1690
Shares

गोररखा, २ साउन, २०७५
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले स्थानिय तहले आत्म निर्भर हुने कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभएको छ । गोरखाको गण्डकी गाउँपालिकाको तेश्रो गाउँसभामा बोल्दै मुख्यमन्त्री गुरुङले स्थानिय तहले आत्म निर्भर हुने तथा जनकल्याणकारी कार्यक्रम लयउनु पर्ने र त्यस्ता कार्यक्रमहरुमा प्रदेश सरकारले आखाँ चिम्लेर सहयोग गर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री गुरुङले भन्नुभयो“ हरेक स्थानिय तहले आत्म निर्भर हुने कार्यक्रम ल्याउनुपर्छ, हामीले जुन योजना कार्यक्रममा लगानी गर्दा प्रदेश स्थानिय तह आत्मनिर्भर बन्न सक्छ त्यसमा लगानी गर्न प्रदेश सकार तयर छ ।, जुन योजनाले रोजगार प्रदान गर्छ, जसले गरिबी निबारण गर्छ, उत्पादन बृद्धि गर्छ व्यवसाय बढाउँछ त्यसमा प्रदेश सरकारले आँखा चिम्लिएर सहयोग गर्छ , सानातिना कुनै अत्तोपत्तो नभएको योजनामा प्रदेश सकारले पैसा दिदैनौँ । ” कतीपय स्थानिय तहमा पञ्चायतकलिन बजेट ल्याएको मुख्यमन्त्री गुरुङको भनाई हो ।

उहाँले स्थानिय तहले १५ बर्षभित्र के गर्न सकिन्छ दिर्घकालिन योजना निर्माण गर्नु पर्ने बताउनुभयो । सुरुमा पाँच बर्षिय तत्कालिन योजना बनाउने पाँच बर्षमा के गर्न सकिन्छ, त्यपछि दश र पन्ध्र बर्षको योजनाको खाका कोर्नु पर्ने मुख्यमन्त्री गुरुङको सुझाव छ ।
उहाँले गण्डकी प्रदेशले पर्यटनलाई प्राथमिकता दिएको बताउनुभयो। प्रशसस्त रोजगारको व्यस्था सिर्जना गर्ने र अहिले भएको १४ प्रतिशत गरिवीको रेखामुनी रहेका जनताहरुको संख्या घटाएर पाँच बर्षमा ७ प्रतिशतमा झार्ने योजना रेहको बताउनभयो ।

गण्डकी गाउँपालिकाको बजेट ४२ करोड ९५ लाख ८९ हजार ३८३

गण्डकी गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ का लागि बजेट सार्वजिनक गरिएको छ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबीच बजेट सार्वजिनक गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाले अगामि आर्थिक बर्ष २०७५/७६ कालागि ४२ करोड ९५ लाख ८९ हजार ३८३ रुपैयाँबजेट सार्वजनिक गर्नुभयो ।

जसमा पूँजीगत तर्फ रु १६ करोड ७५ लाख २० हजार ३८३ र चालु तर्फ रु २६ करोड २० लाख ६९ हजार अनुमान गरिएको छ ।
आन्तरिक तर्फ रु १ करोड ४८ लाख ७५ हजार र बाह्य श्रोत तर्फ ४१ करोड ४७ लाख १४ हजार ३८३ रहेको अध्यक्ष रानाले बताउनुभयो । बजेटमा पर्यटन कृषि विकासका पुर्वाधार निर्माण लगायतका विषयलाई प्राथमिकतामा राखिएको अध्यक्ष होम बहादुर रानाले जानकारी दिनुभयो ।

कार्यक्रममा भौतिक पुर्वाधारमन्त्री राम शरण बस्नेत , भूमी व्यावस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

साथै आज गण्डकी गाउँपालिका स्थित पर्यटकीय स्थल भैरबीटारको मुख्यामन्त्री मन्त्री पृथ्वी सुव्वा गुरुङ, भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत , र भूमी व्यावस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले पर्उटकीय स्थल भैरबीटारको अवलोकन गर्नुभएको थियो |

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -