जापान, १५ कात्तिक २०७६ । गोरखा समाज जापानद्वारा बिभिन्न रोगबाट पिडितको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
गोरखा समाज जापानको अभिभाकत्वमा भएका विगतका अभियानहरु मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो ।
सागर बचाउ अभियानमा (Non Hogkin’s Lymphoma भने ( cancer) पेटमा ट्युमर भएकालाई आरुघाट गाँउपालिका गोरखाले सहयोग स्वरुप रु. १,२२,०००।- अक्षरुपी एक लाख बाईस हजार रुपैयाँ सहयोग प्रदान गरिएको सागर बचाउ अभियानका संयोजक तथा केन्द्रीय सदस्य गोरखा समाज जापानका मनोज अँगाई र उपसंयोजक, के. स. गो. स.जा का संस्थापक अर्जुन अँगाईले जानकारी दिनुभयो ।
त्यसैगरी, प्रेम पाठक बचाउ अभियान ब्रेन ट्युमर रोगीका लागि उपचारार्थ गण्डकी गाँउपालिका गोरखाबाट सहयोग स्वरुप रु. १,४५,०००।- अक्षरुपी एक लाख पैतालिस हजार रुपैयाँ दुवै मृगौला पिडित आमालाई प्रदान गरिएको प्रेम पाठक बचाउ अभियानका संयोजक तथा के.स.गो.स.जा का सस्थापक
धुर्व अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी, सिता लम्साल बचाउ अभियानमा भिमसेन थापा गाँउपालिका गोरखाबाट सहयोग रकम रु. १,४८,४९२।-
अक्षरुपी एक लाख अठ्चालिस हजार चार सय बयानब्बे रुपैयाँ सिता लम्साल बचाउ अभियानका संयोजक तथा के.स.गो.स.जा का अम्बिका भन्तनाले प्रदान गरेको जानकारी दिनुभयो ।
यहाँहरुको साथ सहयोग र हामी प्रतिको विश्वासले गर्दा आज हामीले २ महिनाको अन्तरालमा तिनवटा अभियानहरु सम्पन्न भएको छ ।
यहाँहरुले गर्नु भएको सहयोगले थोरै भएपनि बिरामीहरुको उपचारमा मलम पट्टी लागेको छ ।
मानबिय रुपमा समाजिक अभियानहरु सन्चालन गर्ने क्रममा अभियानको अभिभाकत्व, संयोजक, उपसंयोजकको भुमिका निर्वाह गर्नु हुने सम्पुर्ण अभियान्ताप्रति समाज कृतज्ञ रहेको छ ।
त्यसैगरी, उपसंयोजक ज्ञानेन्द्र गोतामे (ज्ञानु भाई) तथा सदस्य.गो.स.जा का आज नै सिता लम्साल बचाउ अभियान बन्द गरी सिता लम्सालका श्रीमानको हात्तमा नवराज भन्तना मार्फत सहयोग रकम भिमसेन गाँउपालिका प्रमुख ईश्वर पाण्डे, वडा प्रमुख , स्थानिय पत्रकार मोहसिन अलि मियाँ , स्थानिय ब्यक्तिहरुको उपस्थितिमा सहयोग रकम रु. १,४८,४९२।- अक्षरुपी एक लाख अरचालिस हजार चार सय बयनब्बे रुपैयाँ हस्तान्तरण गरिएको संस्थाका सचिब बिराट बाबु खनालले जानकारी दिनुभयो ।









































