Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०९:५९ बिहान
- ADVERTISEMENT -

धरानमा कांग्रेस र समाजवादीले उमेदवार टुंग्याए

प्रकाशित मिति: २०७६ कात्तिक १४, बिहीबार

718
Shares

काठमाडौं, १४ कात्तिक २०७६ । धरान उपमहानगरपालिकाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस र समाजवादी पार्टीले उमेदवारको टुङ्गो लगाएका छन् । सत्तारूढ तथा साविक विजेता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने आन्तरिक किचलोमा रुमलिएको छ ।

कांग्रेसले यसअघिकै पराजित उमेदवार तिलक राईलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ । उपेन्द्र यादव र डा। बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले गजेन्द्र इस्वोलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

नेकपामा १० जनाभन्दा बढी आकांक्षी देखिएर प्रचारमै जुटेकाले उमेदवार सिफारिस गर्न समस्या भएको नगर कमिटी सदस्य राजमणि निरौलाले जानकारी दिए । निरौलाका अनुसार नेकपाले बुधबार नगर कमिटीको बैठक आयोजना गरेको थियो । तर नगर सदस्यले सर्वसम्मतिको प्रयास गर्नुपर्ने, धेरै आकांक्षीका नाम केन्द्रमा पठाउँमा असन्तुष्टि झाँगिने बताएपछि बैठक स्थगित भएको थियो ।

शुक्रबारसम्म सर्वसम्मतिका लागि प्रयास गर्ने र सम्भव नभए आएका नाम केन्द्रमा पठाउने तयारी भएको निरौलाको भनाइ छ ।

स्थानीय तह निर्वाचनका बेला छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेपछि उसलाई उमेदवार छान्न झन् ठूलो सकस भएको छ । धरान उपमहानगर कम्युनिस्ट प्रभाव विशेषतः एमाले वर्चश्वको क्षेत्र भएकाले पनि उमेदवार छान्न सकस भएको बताइएको छ ।

स्रोतका अनुसार नेकपामा जिल्ला सदस्य प्रकाश राई, प्रदेश सदस्य विजय राईले दाबी गरेका छन् । दुवै पूर्वएमालेका हुन् । पूर्वमाओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले पनि दाबी गरेका छन् । बेघा यसअघि पनि उमेदवार थिए । पूर्वमाओवादी केन्द्रकै चोत्लुङ लिम्बू, मनोजकुमार मेन्याङ्बो, अशोक राईले पनि दाबी प्रस्तुत गरेका छन् ।

धरानमा नेकपाको वर्चश्व राम्रै देखिन्छ । गत २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेले धरान उपमहानगरको मेयर, उपमेयरसहित २० मध्ये १४ वटा वडा जितेको थियो ।

कांग्रेसले वडा नम्बर १, २, ५ १४ र १८ मा जित हात पारेको थियो भने माओवादीले १७ नम्बर वडामा जित हात हासिल गरेको थियो ।

दिवङ्गत सुब्बाले २० हजार ९७५ मत ल्याएर मेयर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तीलकले १६ हजार १०२ मत ल्याएका थिए । माओवादी केन्द्रका तर्फबाट उमेदवार बनेका बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

एमाले र माओवादी केन्द एक भएकाले नेकपासँग ३२ हजार १५५ मत देखिन्छ । काङ्ग्रेस विगतमा पनि एकल प्रतिस्पर्धामा रहेकाले ऊ ठ्याक्कै दोब्बर मतले पछि परेको देखिन्छ ।

२०७५ साउन १ गते धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन गर्नुपरेको हो । छातिमा निमोनियाको सङ्क्रमण फैलिएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा सुब्बाको निधन भएको थियो ।

“ताराजीको लिगेसी पनि छ । धेरै आकांक्षीहरू हुनुहुन्छ । पार्टीले सर्वसम्मत ढङ्गले राय दिएर माथिल्लो कमिटीमा पठाउँछ,” पार्टीका नगर सदस्य राजमणि निरौला भन्छन्, “उमेदवार सिफारिस नटुङ्गिए पनि चुनावी गतिविधि रोकिएको छैन ।”

निर्वाचन आयोगका अनुसार धरानमा करिब चार हजार नयाँ मतदाता थपिएका छन् । र, यही मतले जीत र हारको टुङ्गो लगाउँछ । गत निर्वाचनमा धरान उपमहानगरमा ८९ हजार मतदाता रहेका थिए । अहिले थपिएर ९२ हजार ८३५ मतदाता पुगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -