फ्रान्स, प्रकाश सापकोटा/ सुजन राज भट्ट, ११ कात्तिक २०७६ । गोर्खाली सामाज फ्रान्सले यहि २६ अक्टुबर शनिवार साँझ संस्थाका उपाध्यक्ष रामेश्वर श्रेष्ठको घरमा देउसी भैलो कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।
गोर्खा समाजले कार्यक्रममा सबै नेपाली संघसंस्था लगायत फ्रान्सवासी नेपालीहरुलाई निमन्त्रणा गरी गत बर्ष झैँ यस बर्ष पनि हर्षोल्लासका साथ पेरिसमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको हो ।

तिहार बिशेषमा बिभिन्न नेपाली खानाका परिकार, भैलीनीहरुको देउसिरे गित र नाचगानका साथ कार्यक्रम भब्य रूपमा सफल भएको थियो ।
नेपालीहरुको बिबिध चाड पर्ब, कला संस्कृतिको जगेर्ना गर्ने र गोर्खा सामाज फ्रान्सले संस्थाको आपतकालीन कोषमा आर्थिक संकलन गर्ने उद्देस्यले आयोजना गरेको उक्त कार्यक्रममा रु १५६०।- एक हजार पाँच सय साठि युरो संकलन भएको संस्थाकी कोषाध्यक्ष नानु देवकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा एन आर एन ए फ्रान्सका संस्थापक अध्यक्ष तथा गोर्खाली सामाज फ्रान्सका अभिभावक हरिहर अर्याल, सल्लाहकार तथा एन आर एन ए फ्रान्सका पुर्व अध्यक्ष निर्मल अर्याल, सल्लाहकार सुक गुरुङ, एनआरएन फ्रान्सका अध्यक्ष नरेन्द्र शाही, इनास फ्रान्सका अध्यक्ष प्रविन सापकोटा, नेपाली रक्तदाता संघ फ्रान्सका अध्यक्ष अनिश त्रिपाठी, पेरिस नेपाल डट कमका सम्पादक प्रकाश सापकोटा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिताका साथ पेरिसवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बिगतमा गोर्खाली समाजले फ्रान्समा सामाजिक, संकृतिक र खेलकुद कार्यक्रममा सक्रियता जनाउनुका साथै नेपालमा बिभिन्न क्षेत्रमा आर्थिक तथा मानविय सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रमको तयारीमा संस्थाका सल्लाहकारदोय निर्मल अर्याल, सुक गुरुङ उपाध्यक्ष रामेश्वर श्रेष्ठ सक्रिय सदस्यहरू लुक लामा, रञ्जित भट्ट लगायतले सहयोग गर्नुभएको थियो ।
गोरखाली समाज सास्कृतिक सम्योजक सुजन राज भट्ट, र सुजन बनियाँ त्यस्तै महिला कलाकार गङ्गा आचार्य (वर्षा) कलावती बी सि विमला विश्वकर्मा लगायतको बेजोड देउसी भैलो तथा सास्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रम संचालन सस्थाका सदस्य एवं सांस्कृतिक सम्योजक सुजन राज भट्टले गर्नुभएको थियो ।
अध्यक्ष सुरेन्द्र काप्रीले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिनुहुदै फ्रान्सवासी नेपालीहरुलाई गोर्खाली समाजको तर्फबाट दिपावलीको शुभकामना सहित नेपाली कला संस्कृति जोगाउन सहायोग र सहकार्य गर्नु हुने सबैलाई धन्यवाद दिनु हुँदै कार्यक्रम समापन गर्नु भएको थियो ।








































