बहराइन, १० कात्तिक २०७६ । बहराइनमा २८५६ औ सोनाम ल्होछार हुने भएको छ । तामाङ सेवा समाज बहराइन र नेपाल तामाङ घेदुङ बहराइनको ऎतिहासिक एकता पश्चात् बनेको नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनको १८ अक्टोबर २०१९ शुक्रबार मा पहिलो मासिक बैठक सम्पन्न भएको छ । उक्त बैठकबाट एक बहादुर बल तामाङको संयोजकत्वमा १३ सदस्सीय २८५६ औ सोनाम ल्होछार मुल आयोजक समिती गठन गरिएको छ ।

मानमा स्थित ब्लुमुन रेस्टुरेन्टको सभा हलमा संस्थाको संयोजक प्रेम स्याङ्तानको अध्यक्षतामा बसेको उक्त बैठकले नेपालबाट तामाङ समुदायको ख्यातिप्राप्त कलाकारहरु लाइ अतिथि कलाकारको रुपमा आमन्त्रित गर्ने निर्णय समेत गरिएको छ ।
अगामी २०२० को जनवरी २४ तारिख शुक्रबार मानमा स्थित डेलमुन इन्टरनेस्नल होटलको प्रांगणमा सम्पन्न गर्ने ल्होछार कार्यक्रम लाई सभ्य तथा भब्य रुपमा सम्पन्न गर्न उक्त मितिको आसपासमा कुनै पनि कार्यक्रमहरु नराखी सहज बाताबरण पैदा गरि दिन समस्त बहराइनबासी संघ संस्थाहरुलाइ अनुरोध समेत गरेको छ ।

संस्थाका उप-संयोजक पेमा तितुङ र मान बहादुर वाइबा सुमन ले संयुक्त रुपमा संचालन गर्नु भएको बैठकमा उल्लेख्य रुपमा उपस्थित भएका तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु बाट आ आफ्नो राय सल्लाह सुझाब तथा संस्था प्रतिको धारणाहरु समेत संकलन गरेको थियो ।








































