गोरखा, ८ कात्तिक २०७६ । बिदेशमा सिकेको सीप नेपालमा फर्किएर आफ्नै ब्यवसाय सञ्चालन गर्नु भएको छ । बिगत लामो समयदेखि जापानमा कुक भएर सिकेको सीपलाई आफ्नै देशमा सदुप्रयोग गर्नु भएको हो ।
गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका- ४ धावा चौतारामा जन्म भइ हाल गोरखा नगरपालिका ठिंगुरेस्वारामा स्थायी रुपमा बसोबास गर्दै आउनु भएका रमेश प्रसाद लामिछानेले गोरखा नगरपालिका- १३ अबुवामा दरौदी रिभर रिसोर्ट सञ्चालन गर्नु भएको हो ।

गोरखा जिल्लाको पर्यटन ब्यसायमा टेवा पुग्ने लक्ष्य सहित नयाँ ब्यवस्थापनका साथमा सञ्चालन भएको उक्त दरौदी रिभर रिसोर्टमा लोकल माछा, लोकल कुखुरा, सिस्नोको साग, ढिडो पाउनुका साथै शुभ कार्य बिबाह, ब्रतबन्ध, सेमिनार लगायत अन्य कार्यको लागि राम्रो ब्यवस्था रहेको छ साथै मनोरम स्थानमा भएकोले पिकनिक स्पोर्ट, एटेज बाथरुम सहित बाँस बस्नका लागि राम्रो ब्यवस्था रहेको प्रोपाइटर रमेश लामिछानेले जानकारी दिनुभयो ।
दरौदी रिभर रिसोर्टको उद्घाटन यहि कात्तिक ९ गते शनिबार हुने भएको छ ।









































