Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३३:१९ बिहान
- ADVERTISEMENT -

कम्युनिष्टहरु संविधान समावेश गर्न नसकेका लोकतन्त्रविरोधी कुरा कानुनमा समावेश गर्न लागेको आरोप 

प्रकाशित मिति: २०७६ कात्तिक ८, शुक्रबार

735
Shares

काठमाडौं, ८  कात्तिक २०७६  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु संविधानसभाबाट संविधान बनाउने क्रममा समावेश गर्न नसकेका लोकतन्त्र विरोधी विषयहरु अहिले कानुन बनाउदा समेटने प्रयास गरेको आरोप लागएका छन् ।

वित्तिय संस्था कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कम्युनिष्ट सरकार कानुन बनाउदा सवै क्षेत्रका अधिकारलाई नियन्त्रण गर्ने प्रयासमा लागेको बताए ।

उनले भने–‘संविधानसभाबाट लोकतान्त्रीक संविधान बनाउने क्रममा हामी लोकतन्त्रका मुल्य मान्यतामा कम्युनिष्टसंग धेरै लडाई गरका थियौं ।

उनीहरु हामीसंग बहस गर्न नसकेर लोकतन्त्रका मुल्यमान्यता स्वीकार गरेका थिए । अहिले कानुन बनाउदा ती लोकतान्त्रीक मुल्य मान्यतालाई नियन्त्रणको प्रयास गरिरहेका छन् ।’

वरिष्ठ नेता पौडेलले मुलुकको प्रधानमन्त्रीको सवैभन्दा आर्दशपुरुष भेनेजुएलाका राष्ट्रपति मुदुरो भएको र सि जीङपिङ सिद्धान्तलाई नेपालमा प्रयोग गर्ने संझौता गर्दै लोकतन्त्रमाथि प्रहार सुरु गरेको बताए ।

पौडेलले भेनेजुएला र सि पथलाई आर्दश मान्ने कम्युनिष्टको नियत स्पष्ट भएको बताए । उनले कांग्रेस भएसम्म लोकतन्त्रका मुल्य मान्यतामाथि नियन्त्रणको प्रयास कसैले पनि गर्न नसक्ने स्पष्ट पारे ।

पौडेलले भने–‘लोकतान्त्रीक अधिकारमाथि धावा बोल्ने हिम्मत अहिले कम्युनिष्टहरुले गर्न सकेका छैनन् किनकी यो मुलुकमा कांग्रेस छ । कांग्रेले लोकतन्त्रका लागि सात दशक लडिसकेको छ ।

अझै कांग्रेस लोकतन्त्रका लागि जस्तोसुकै लडाई लड्न तयार छ । त्यसैले लोकतन्त्रप्रति गिद्दे दृष्टि नलाए हुन्छ ।’

कम्युनिष्टहरुको भनाई र गराईमा आकाश जमिनको फरक पर्ने व्यवहारबाट देखिएकाले आम नागरिक कम्युनिष्ट देखि असंतुष्ट भइसकेको पौडेलको भनाई थियो ।

उनले भने–‘कम्युनिष्टहरु हिजो के भन्थे, आज के गर्दै छ । आम जनताले यसको समिक्षा गरिरहेका छ । सवैले कम्युनिष्टहरुको बोली र व्यवहारको समिक्षा गर्न जरुरी छ ।’

उनले ट्रेड युनियन आन्दोलनको भ¥याङ चढेर सोही आन्दोलन ध्वस्त गर्ने कम्युनिष्टहरुको नीति नै भएको बताए । पौडेलले आम नागरिक कम्युनिष्टसंग असंतुष्ट भएको समयमा नेपाली कांग्रेस सुध्रिन जरुरी रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -